साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरसफाइ अभियान

Nepal Telecom ad

यसपालिको सरसफाइ कार्यक्रममा स्वास्थ्यमन्त्री आफैं प्रमुख अतिथिको रुपमा प्रत्यक्ष भाग लिने कार्यक्रम बनाइयो । बिहान सात बजे भनिएको कार्यक्रम प्रमुख अतिथिकै कारणले साढेआठ बजे सुरु भयो । विभिन्न विद्यालयबाट आएका विद्यार्थी र शिक्षकशिक्षिकाहरूले हातहातमा कुचो र झाडु लिएरै जयजयकार गरे । कार्यक्रमको विवरण, आसनग्रहण, स्वागत मन्तव्य, कार्यक्रमको औचित्यपश्चात् मन्त्रीज्यूको उद्घाटनको कार्यक्रम हुनेभयो ।

एकजना युवालाई उद्घोषकले इशारा इशार ग¥यो । उसले उसले नजिकैको एउटा पसलबाट अलिकति फोहोर ल्याएर बीच बाटामा छरछार पा¥यो । प्रमुख अतिथिलाई टोल सरसफाइ कार्यक्रमको उद्घाटन गरिदिन हार्दिक अनुरोध गरियो ।

मन्त्री मञ्चबाट मुन्तिर झरे अनि हातमा रबरका पञ्जा लगाउन लगाए । मन्त्रीका हातमा कुचो र फोहोर बटुल्ने सानो भाँडो थमाइयो अनि उनी अघि छरेको फोहोर बढार्दै बटुल्न थाले । क्यामेरा, भिडियो क्यामेरा, मोबाइल झल्याक–झिलिक, खच्याक–खिचिक पारियो । उद्घाटन सकियो । मन्त्री आफ्नै पजेरोमा चढे अनि कतै हुँइकिए ।

बिचरा ! विभिन्न विद्यालयबाट आएका विद्यार्थी तथा शिक्षक–शिक्षिका हातहातमा झाडु, कुचो, डोको, बोरा आदि लिएर तीन घन्टे टोल सरसफाइ कार्यक्रममा बिना खाजा–पानी तातो घामको प्रवाह नगरीकन टोलटोलमा नारा–जुलुसका साथ फोहोर बडार्दैै, थुपार्दै, बटुल्दै, सुरक्षित स्थानमा फाल्दै टोलटोल घुमिरहे ।
भोलिपल्ट देशको प्रमुख पत्रिकाले मुख्य पृष्टमा प्रमुखताका साथ मन्त्रीले बाटो बढार्दै गरेको फोटोका साथ समाचार छाप्यो । अन्य कसैको पनि कतै उल्लेख भएन ।

जुरोपानी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
चाहना

चाहना

परशुराम पराजुली
0
Would love your thoughts, please comment.x
()
x