साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालोको कुरा !

Nepal Telecom ad

 

कालोको कुरो गर्नेबित्तिकै तपाइँ नझस्किनोस् । कालो सबै नराम्रा कहाँ हुन्छन् र ? कालोको कमाल कति छन् कति । कालो आँखामा कालो चस्मा लगाएर हिँड्नोस् स्वास्थ्यलाई फाइदै हुन्छ । कालो रङ्गको छाता ओढेर हिँड्दा तपाइँलाई बढ्ता तापबाट सुरक्षा मिल्छ । सबै रङ्गमा बलियो छ कालो । भगवान् कृष्णलाई त्यत्रा गोपिनीहरूले मन पराएका पनि कालोकै कारणले हो । जो कालो उही भगवान्को सालो त भनिएकै छ । कालो कोट, कालो चस्मा, कालो जुत्तामा जमेर हिँड्नोस् त तपाइँलाई कसले कालो भन्छ ? बरु राम्रो भन्छ । धार्मिकताको मार्मिकतामा कालो कताकता विशेष मानिएको छ । शालिग्राम कालो भएरै मानिएको हो । कृष्णजस्तै हुन पाऊँ भन्ने गोराहरू पनि कम छैनन् । तीलमध्येको कालो तील, बोकामध्येको कालो बोकोजस्ता कालाका कमाल धेरै छन् ।

शनिश्चरलाई पुज्दा त प्राय सबै काला वस्तुनै चाहिन्छन् । काला भैरवको त कुरै नगरौँ । चलाख काग र स्वरकी धनी कोइली कहाँ सेता छन् र ? काली नानीले कालो पहिरनमा कर्के नजरले तीर हान्दा कसैलाई केही त भएकै होला । गोरा छाला हुनेले त आफ्नो रुप, रङ्ग र ढङ्गसित उमङ्ग भएर गोराले नै कालोलाई ब्ल्याक व्युटी भनेको सुनिएकै छ ! खाद्यपदार्थकै कुरा गरौँ कालो ढेँडो, कालो दाल, कालो भटमास, कालो अङ्गुर, कालो जामुनो त खोजेर रोजेर खाइन्छन् । यसरी कालोको कमाल कहिरहँदा त कान्ला मुनिका कान्छा काका जुर्मुराउँदै र हुर्तुराउँदै आफ्नो डुँडे औँलो सोझ्याएर भने ः

‘हेर केटा हो, अब योखाले कालोको पालो गयो । कालाका पूजा र भुजा गर्छौ, गराउँछौ भने नेताका मन र वचनका पारा बुझेर कालै हुनेका व्यवहार हेर । सधैँ शान्ति र सद्भावका सुकिला कुरामात्र नगर । काला मन भएका नेताका कामकुरा देखेर पनि अझै काला भैरबका प्रशंसा गर्छौ ? कालाकाला मन भएका नेता चिनेर व्यवहार गर ।’ भन्दै आफ्ना व्यङग्यात्मक प्रस्तुति यसरी पस्कन थाले ।

‘अब त कालो धन्दा, कालो कमाइ, कालो व्यवहार, कालो बजार कालो व्यापारका कालाले कालजमाना जानिसके ! कालोकै कारणले रोडपति रातारात करोडपति भैसके । कुन जमानामा छौ ? केको कालो शालिग्राम भन्छौ ? सेतै शालिग्राम पुज ! कालो रातमा कालो धन्दा गरेर उज्यालो दिनमा कालो सिसा राखेको कालो कारमा हिड्न पाइने भएकाले मान्छे काल प्रभावित होइन, कालो प्रभावित भएको छ । त्यसै भएर मान्छे उज्यालो दिनमा भन्दा कालो रातमा कालो कर्तुत गरिरहेछ ! काला मन भएकाहरूका कारणले दिन पनि कालो भैरहेछ । काला विचार भएका विदेशीका कालो भावनाले मुलुक कालचक्रमा घुमिरहेछ । चुनाब भन्दै तनाब गर्दै राजनीति चलिरहेछ ।

कालो बजारले कालाव्यापारी धनी भैरहेका छन् । कालालाई पुज्न कालै मन कालै धन भए हुने रहेछ । वास्तबमा संसारका सप्तरङ्गी रूप आकारलाई मान्छेले बिर्सने भैसक्यो । कालो र सेतो कै मात्र चर्चा छ । समय परिस्थितिलाई आड पारेर कालान्तरमा कालो व्यवहारतिरै मान्छे तन्किरहेको देखिन्छ । अल्छीहरूलाई पनि कालो रात कै शरणमा पसारिई रहन मन लाग्ने रहेछ । उता अरू निदाएका समयमा सुटुक्क उठेर कसैलाई समाउन र केही कमाउन पनि कालो रात नै प्रयोगमा आएको देखिन्छ । सुरक्षा कर्मीलाई पनि कुनै राहतका काम गर्न कालो रातले गर्दा असफल भएका हौँ भन्न पनि मिलिरहेको छ । राती सडक किनारामा बलिरहेका चीम फुटाई हिँड्ने पामर पुस्ताले पनि आफ्ना मत कालोतिरै प्रयोग गरिरहेको देखेका छैनौ ? सबैतिरबाट कालोले ढाकेपछि एकदिन त्यस्तो कालो रात आउँछ । त्यसपछि कहिल्यै दिन आउँदैन’ ।

काकाका कुरा सुन्दा त कताकता हाम्रा नेताका कामकुरा, दिनहुँ यसरी महगिएका रासन, नेताले मरिहत्य हालेको आसन, काला मन हुनेका भाषणले कतै छिटै कलीलाई बदली सत्ययुग ल्याउन नेताले यमराजसित साँठगाँठ गरेको कालो डिजाइन त होइन यो ? सबैलाई चेतना भया ।

ट्याङ्ला, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x