साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो माया गर्छाै ?

Nepal Telecom ad

भन : तिमी मलाई कस्तो माया गर्छौ ?
घरबाट निस्कन भ्याएको हुँदैन
मेवाइलको रिङ टोन बज्न थाल्छ—
मेरो मनको राजा कहाँ पुग्यौ भन्दै
दिउँसो मध्यान्ह अगावै म्यासेज गर्छौ
के खाजा खायौ भन्दै
उहिले उमेर छँदा
म विदेश जान खोज्दा
भन्ने गथ्यौ पर्दैन त्यो मरुभूमि धाउन
सिस्नो फाँडो खाऔँला
एक बारको जुनी मायामै काटौँला
तर आज
तिम्रै अगाडि
म कन्फ्युजनमा पर्दै छु
दिनभरि घरमा तिमी नै हुन्छ्यौ
म दिनभरि अफिसमै हुन्छु
आफ्नै काममा
तर, साँझ अफिसबाट फर्कँदा
अनेक बाहना झिकी मैसँग रिसाउँछ्यौ
इन्भटर चार्जमा हालेको हुँदैन मैसँग रिसाउँछ्यौ
टाट्नाका बाख्रा भोकै हुन्छन्
पँधेराको काम त्यसै हुन्छ
भान्सामा आगो फुक्ने सुरसार हुँदैन
तिमी सिरियलकै कथा मात्र दोहो¥याउँछ्यौ
म कन्फ्युजमा छु आज
भन ः तिमी मलाई कस्तो माया गर्छौ ?
बैंकको खाता तिम्रै नाममा छ
चेक तिमीसँगै छ
एटिएम तिम्रै पर्समा छ
सदैव साडी पुरानो भो
मेबाइल थोत्रो भो भन्छ्यौ
घरमा आमा इन्तु न चिन्तु छिन्
तिमी व्युटी पार्लरको काम सकियो
अब डिस्को जाऊँ भन्छ्यौ
म सुत्न भ्याएको हुँदैन कुन चाहिँ झिल्केले
मिसकल मारेर हैरान पार्छ
म त तिम्रै हुँ कति भन्नु खै
अझै मेरै म्यासेज चेक गरेर हैरान गछ्र्याै
लौन कति अविश्वास गछ्र्यौ
मेरो मन, मेरो घर, कोठा, चोटा
तिम्रै सुवास पाएर बाँचिरहेछ
तिम्रो सिउँदो सजिएको गुराँसको पवित्र रंग म नै त हुँ
तिम्रा निम्ति फुल्न खोज्ने त्यो गुलाफको फूल म नै त हुँ ।
जस्तो रोप्यो उस्तै फल्छ भन्छन्
किन मलाई तिमी यस्तो माया गछ्र्यौ ?
बुझ्नै नसक्ने
घरबाट निस्कन भ्याएको हुँदैन
मेवाइलको रिङ टोन बज्न थाल्छ—
मेरो मनको राजा कहाँ पुग्यौ भन्दै
दिउँसो मध्यान्ह अगावै म्यासेज गर्छौ
के खाजा खायौ भन्दै
म कन्फ्युजमा छु आजभोलि
तिमी मलाई कस्तो माया गछ्र्यौ ???

कलङ्की काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x