साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हातका चमत्कारहरू !

Nepal Telecom ad

यी हातहरू
कहिले मुट्ठी बनेर
सँगसँगै आकाश माथि उठ्छन्
र नवयुगको सङ्खघोषष गर्छन्
तिनै हातहरू
कहिले धारे बनेर
एक अर्कामाथि
विभत्स बिष बर्षाउँछन्
र परिवर्तनका बाधक बन्छन्,
यी हातहरू
कहिले साँग्लो बनेर
एक अर्काको रक्षा गर्छन्
र बैरीहरूमाथि जाई लाग्छन्
तिनै हातहरू
कहिले मित्रघात गरेर
बैरीहरूसँगै अङ्कमाल गर्छन्
र परिस्थिति फेरेको कुरा गर्छन्
यी हातहरू
कहिले कलम बोकेर
बिचारहरूको बाहक बन्छन्
तिनै हातहरू
कहिले हिंसा बोकेर
बिचारहरूको सर्वनास गर्छन्
र बाटो बदलेको कुरा गर्दै
दर्शनको नयाँ बिश्लेषण गर्छन्,
धन्य छन् हातहरू !
मुर्धन्य छन् हातका चमत्कारहरू !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x