साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तिम रहर

Nepal Telecom ad

एउटा जहाज ढलपलढलपल गर्दै
हेलिँदै छ समुद्रमा ।
चढेका छन् असङ्ख्य यात्रीहरू
रूँदै र चिच्याउँदै छन् कोही
कोही अत्तालिएर खसेका छन् पानीमा
कहीँ कतै देखिँदैन टापु
माथिबाट कुनै विमान पनि आउँदैन उद्धार गर्न
झन्झन् गहिरोमा पस्दै छ
सके भुमरीमा पो फँस्दै छ
सुनिन्छ ‘बरमुडा ट्रयाङ्गल’ पनि नजिकै छ ।

पटकपटक फेरिएका छन् चालकहरू
सकेनन् कसैले ढङ्ग देखाउन
छैन कोहीसँग ध्रुव पत्ता लगाउने ‘कम्पास’
सुइँको पनि छैन कोहीसँग गन्तव्यको
कहिले एकनास पूर्वतिर हानिन्छन्
र अकस्मात् पश्चिम फर्किन्छन्
कहिले आँखा चिम्लेर उत्तर दौडिन्छन्
र एकाएक दक्षिण मोडिन्छन्
उहिल्यै हो जहाजमा प्वाल परेको
र क्रमशः पानी भरिँदै छ ।

हाम्रो अवसानको प्रतीक्षामा
गोहीहरू निर्लज्ज हाँस्दै छन्
कत्ति कहालीलाग्दा छन्
जिन्दगीका यी घिटिक–घिटिक क्षणहरू
कताकति मनका अन्तरकुन्तरहरूमा
जे होस्, बाँच्ने अभिलाषा भने अझै छ ।

मेरो छोराले मलाई सोध्यो–
“बाबा ! यो जहाज र हाम्रो देश
किन उस्तैउस्तै छ ?”

हेटौडा मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x