साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नीति र कार्यक्रम

Nepal Telecom ad

थारा नारा लगाएर, तारा देखाउने कुरा ।
कार्यको क्रम नीति नै, रोगी भ्रष्ट परम्परा ।।
कर्मकाण्डी भयो सत्ता, मुद्धा बुझ्दैन देशको ।
शब्दजाल थुपारेर, सबै साल बिजोक भो ।।१।।

नयाँ नेपालको नारा, मात्रै सत्ता—समाधि हो ? ।
शीर्ष वा टाउकेका नै, रास्ट्रकोश गमाजी भो ।।
सिटामल नपाएर, जनता यमद्वाारमा ।
पदाधिकारवाला चैं, सुविधा–अस्पातलमा ।।२।।

लोडसेडिङको भूत, घण्टौ नाचेर हाँस्दछ ।
छैन उद्योगधन्दा नै, कसरी देश बाँच्दछ ? ।।
भूतकै दूत हो नीति, झारा यो कार्यपत्र ता ।
योजना नै कतै छैन, देशमारा कुसभ्यता ।। ३।।

शब्द–चक्लेट पस्केर, सत्ताधारी नमस्क है ।
अनुप्रास थुपारेको, नीतिपत्र हुँदैन है ।।
सधैं लूट र मस्तिमा, सत्ताधारी हुने भए ।
क्रान्तिको शब्द ब्रह्माले, सिर्जना किन गर्दथे ।।४।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x