साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्य–भानु

Nepal Telecom ad

रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।

0000

जागिर् छैन धनी म छैन घरको केबल् कुदालो खनी,
खान्थ्याँ दुक्ख गरेर चाकरि गर्याँ मान् पाउँला की भनी ।
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि।
मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी।

0000

बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली

00000

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x