साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाषाको वर्तमान बेथिति र भानुभक्त

Nepal Telecom ad

भाषामा अहिले विकीर्ण मनका छन् बोझिला चिन्तन
हिज्जेमा बहुरूपता छ यसमा छैनन् कुनै बन्धन
गर्छन् नित्य अहम् प्रदर्शन यहाँ जान्ने र बुझ्नेहरू
धेरै छन् तर त्यै अहम्मय झरी वर्षेर रुझ्नेहरू ।

तीखा छन् कतिका प्रहार ननिका यो राष्ट्रभाषाप्रति
साह्रै आहत छन ? कठै मुलुकका साहित्यसेवाव्रती
बाँचेको छ अझै तथापि जनको सम्पर्क भाषा हुँदा
हाम्रो चित्त छियाछिया छ अति नै यो प्रेय भाष रुँदा ।

नेपाली सबको थियो प्रिय, हुँदा साझा यही माध्यम
हामी जातिहरू अनेक सबको यै बन्दथ्यो सङ्गम
यो बेला मन व्यग्र छन्, सकलका छन् भावना कुण्ठित
यी भाषा जननी भइन् दिनदिनै झन् झन् कठै खण्डित ।

छन् भाषा जति राष्ट्रका सकल हुन् हाम्रै महान् सम्पदा
रक्षा आखिर गर्नुपर्छ सबको, हामीहरूले सदा
भाषा राष्ट्रिय यी समुन्नत बनून् अस्तित्वशाली बनी
‘नेपाली’ सबमा समादृत बनोस् सम्पर्क भाषा बनी ।

देऊ आसिक भानु ! राष्ट्रघरको छानो बनोस् एउटै
लेख्ने राष्ट्रियता सबै हृदयको पानो बनोस् एउटै
भाषा मानक, शुद्ध होस् प्रगतिको साझा बनोस् यो पथ
तानौं यै पथमा स्वराष्ट्र गरिमा उत्थानको यो रथ ।

गैंडाकोट– ८, नवलपरासी
‘वागेश्वरी’ पूर्णाङ्क २१, २०७० माघ १६

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
हामी

हामी

गोविन्दराज विनोदी
उहाँ

उहाँ

गोविन्दराज विनोदी
बिसन्चो

बिसन्चो

गोविन्दराज विनोदी
कसरी भनूँ  ??

कसरी भनूँ ??

गोविन्दराज विनोदी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x