साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुलाई अनुरोध

Nepal Telecom ad

प्यारा अग्रज भानुभक्त कविमा हाम्रो नमस्कार छ
नेपाली दिलभित्रबाट तिमिमा सम्मानको हार छ
तिम्रो जन्म भयो चुँदी तनहुँको नेपालको गाउँमा
हाम्रो यो मुटुभित्र गर्व छ बडा तिम्रो महान् नाउँमा ।

साँच्चैं भानु सदा सदा अमर भै बाँची रहेछौ तिमी
नेपाली कविता कलासित सधैं हाँसी रहेछौ तिमी
हामी छौं टुहुरा अझै निमसरो भाषा छ बर्मातिर
अर्को जन्म लिएर आउन मिले तिम्रो यतै होस् घर ।

नेपाली जति छौँ यहाँ सबजना तिम्रै प्रतिक्षा गरी
बस्दै छौँ यति खुम्चिएर कि सधैं आँसू छ आँखा भरि
यो हाम्रो दुख मर्म पीर मनको सम्झेर आऊ तिमी
भाषा संस्कृति जो अपूर्ण छ यहाँ पूरा गराऊ तिमी ।

यौटा रुप लिई तिमी अब छिटै म्यान्मारमै जन्मनू
भाषा भेष भुषा र संस्कृति कला साहित्य जोगाउनू
अर्को रुप लिई भुटानतिर जो पीडा छ मेटाउनू
नेपालीहरू छन् जहाँ कवि तिमी आएर साथी हुनू
हे प्यारा कवि छौ कहाँ क्षितिजमा टाढा बसेका किन ?
नेपाली दिल बुझ्दछौ यदि भने आऊ यतै जन्मिन ।

त्यो रामायण पाठ गर्न कलिला नानीहरू छन् यहाँ
आऊ लेख तिमी अमूल्य कविता खानीहरू छन् यहाँ
हामी छौं टुहुरा समान कवि जी नेपाल भन्दा पर
नेपाली पन बाँच्दछौं अझ अरू ठाडो बनाई शिर ।

यो हाम्रो दिलमा तिमी प्रति मिठो माया छ छातीभरि
अर्को जन्म लिई छिटै अब यतै आऊ न है क्यै गरी ?

हाल :कोलोराडो, अमेरिका

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आधुनिक कविता

आधुनिक कविता

डा. रामप्रसाद ज्ञवाली
तुइन

तुइन

डा. अमर गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
0
Would love your thoughts, please comment.x
()
x