साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु तिमीले त्यस्तो कुरा के दियौ?

Nepal Telecom ad

तिम्रा लागि भनेर भानु कसरी कोरूँ दुई अच्छेर
बाँच्नु नै छ कठीन कोही उभिए भै तिम्रो पच्छेधर
तिम्रा शब्द चलाइ भेट्दिन म ता लोक्को अहित् क्यै लियौ
सम्झोस् लोक् किन आज भानु तिमीले त्यस्तो कुरा के दियौ ?

पथ्र्यो छर्नु समाजमा बीज कुनै संस्कार नै भाँडिने
बन्धूबान्धवमै विरोध् गरिगरी यो देश नै फाँडिने
सक्थ्यौ भाँड्न समाजका नीतिहरू, शिक्षा दिने पल्टियौ
सम्झोस् लोक् किनआज भानु तिमीले त्यस्तो कुरा के दियौ ?

केही पुस्तक पुस्तिका र कविता लेख्यौ त आदर्शका
त्यही गल्ति भयो नलेखी तिमीले गाथा त रोमान्सका
कृती बिक्दछ राश्लिला चहकिने, यस्ता यी के लेख्दियौ
सम्झोस् लोक् किन आज भानु तिमीले त्यस्तो कुरा के दियौ ?

लेख्नु छैन जुधाउने तुक्ष कुनै जात् धर्म संस्कृतिको
रक्षा गर्दछ को विभक्त जगमा तिम्रा सकल् कृतिको ?
यौटै भाषिकसूत्रमा फूलसरी जोड्यौ गलत् गर्दियौ
सम्झोस् लोक् किन आज भानु तिमीले त्यस्तो कुरा के दियौ ?

तिम्रा शालिक भत्कने दिन यी हुन् स्वर्णीम लोक्तन्त्रका
निन्दामै छ रमाउँदो महकिंदो जाज्वल्य स्वतन्त्रता
हौ ता एक् इतिहास्, नमान्ने पनि छन् को हौ तिमी के थियौ ?
सम्झोस् लोक् किन आज भानु तिमीले त्यस्तो कुरा के दियौ ?

काढ्यौ के उछितो परस्त्री र पुरूष संसर्गको मेलको
कोर्यौ साँध बधू सुरक्षित हुने घर्भित्रका खेलको
उन्मत्ता पिंढीका विरूद्ध ठडिइ तिम्ले नगर्नु गर्यौ
सम्झोस् लोक् किन आज भानु तिमीले त्यस्तो कुरा के दियौ ?

भुट्यो बुद्धि दिई अनेक उपदेश् घाँसी त तिम्रो गुरु
कीतिै राख्न रच्यौ अनेक कविता दिन् दुःखको भो शुरु
गोता नै कविता भयो तर पनि आँसु अनि के पियौ ?
सम्झोस् लोक् किन आज भानु तिमीले त्यस्तो कुरा के दियौ ?

यो पुस्ता र’छ बालकाण्ड पहिलो पेज्मा दिएझैं तर
पूज्दा हुन् कति ? तेसका भजनमा लेखे त निरन्तर
हान्यौ अस्त्र त काव्यका ठहरले लाग्यो मुटु छेड्दियौ
सम्झोस् लोक् किन आज भानु तिमीले त्यस्तो कुरा के दियौ ?

निन्दा गर्दछ जुन् समाज कविको काँ पुग्छ यो तालले ?
जे जे छन् उपहार हार सरी छन् भन्ला कुनै कालले
मन्मा जे छ सबै खुलस्त कहने, बानी बिगारी दियौ
सम्झोस् लोक् किन आज भानु तिमीले त्यस्तो कुरा के दियौ ?

तिम्रो इस्तरले सके जति गर्यौ जे जे सक्यौ त्यै दियौ
उस्तै प्रश्न म भित्र उठ्छ जहिले भानु तिमी ता गयौ
सम्झोस् लोक् किन आज भानु तिमीले त्यस्तो कुरा के दियौ ?
बिर्सोस् लोक् किन आज भानु तिमीले त्यस्तो कुरा के दियौ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x