सुलसुलेभानु कविता गोष्ठी
आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकीको अवसर पारेर रत्न पुस्तकालयले राजधानीमा प्रतियोगितात्मक कविता गोष्ठी गरेको छ ।
७६ जनाले कविता वाचन गरेको गोष्ठीमा स्मिता श्रेष्ठ प्रथम, ऋषिकेश लामिछाने द्वितीय र मिलन समीर तृतीय भए । सुशीला खड्का (हसिना) तथा जयन्ता पोखरेलले सान्त्वना पुरस्कार पाएका थिए ।
निर्णायक मण्डलमा प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा. कुलप्रसाद कोइराला तथा शान्ता शाक्य थिए । कार्यक्रममा प्रमुख अतिथि साहित्यिकार एसपी कोइराला, पुस्तकालयका अध्यक्ष शशिविक्रम राणा, कवि भुवन थापा र ब्रम्हप्रिय प्रेमस्वरुपले भानुभक्तको चर्चा गरेका थिए ।
–अरुणबहादुर खत्री ‘नदी’
Subscribe
Login
0 Comments
Oldest












































