साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँचोटा ठट्टा

Nepal Telecom ad

१, एकजना बच्चा आफ्नो हजुरबुबाको काखमा बसेर हजुरबुबाको चाउरिएको गाला छाम्दै हुन्छ । अकस्मात् उसले प्रश्न गर्छ– “हजुर बा तपाईंलाई कसले बनाएको ?”
हजुरबाले हास्दै– “धेरै अघि भगवान्ले बनाउनु भा’को” भन्ने उत्तर दिनुभयो । त्यसपछि उसले आफ्नो गाला छाम्दै “मलाईचाहिँ कसले बनाएको ?” हजुरबाले फेरि हाँस्दै “तिमीलाई पनि भगवान्ले नै केही समय अगाडि बनाउनुभएको हो” भन्नुभयो । हजुरबाको उत्तर सुनिसकेपछि त्यस बच्चाले ठूलो कुरा पत्ता लगाएझैं गरी भन्छ– “ए भगवान्लाई त पहिले मान्छे बनाउनै आउँदैन रहेछ कस्तो चाउरिएको मान्छे बनाएको । जे होस् अहिले प्रगति गर्न थालेछन् । म जस्तो राम्रो पनि बनाउन थालेछन् ।

२, एकजना फिलिम भन्ने कहिले नसुनेको मान्छेलाई उसको साथीले फिलिम हेर्न लगेछ । फिलिम सुरु हुनुभन्दा अगाडि उसले साथीलाई फिलिममा देखाइने कुरा साँचो हुँदैन है भनेछ । फिलिम हेर्दै जाँदा बीचमा बाघ देखाइएछ । बाघ देखेपछि कहिले फिलिम नहेरेको मान्छे भाग्नलाई उठेछ । यस्तो देखेर उसको साथीले फेरि सम्झाएछ फिलिममा देखाइएको कुरा साँचो हुँदैन” भनेर । तर भाग्न लागेको मान्छेले भनेछ “त्यो त मलाई पनि थाहा छ तर यो बाघलाई के थाहा, त्यसैले तँ पनि भाग् ।”

३, राम– श्याम तिम्रो टाउकोमा सिङ छ ?
श्याम– के नचाहिँदो कुरा गरेको म जनावर हो र मेरो टाउकोमा सिङ हुन ।
राम– साँच्चै छैन त ?
श्याम– (झर्किंदै) छैन भन्या कस्तो जिस्कि’रा ।
राम– हो रैछ यार
श्याम– के हो रैछ ?
राम– बुबाले गधाको टाउकोमा सिङ हुँदैन भन्नुहुन्थ्यो ।

४, सूचना सूचना सूचना
लङ्कामा रावणलाई मार्नको लागि रामले ५०० बाँदर जम्मा गर्न लागिरहेका छन् । अहिलेसम्म ४९९ बाँदर पुगिसके । यो सूचना पढ्नासाथ तपाईं पनि तुरुन्त श्रीरामकोमा पुग्नुहोला ।

५, एकजना निर्देशकलाई फिल्मको नाम के राखौं, के राखौं ? भएर आफ्नो एकाउन्टेन्टलाई फिल्मको दुई चारवटा नाम लेखेर ल्याउनुहोस् त भनेर अह्राएछन् । भोलिपल्ट एकाउन्टेन्टले निर्देशकलाई फिल्मको नाम भएको यस्तो लिस्ट दिएछन्–
फिल्मको नाम–
(१) कभि डेविट कभि क्रेडिट
(२) क्यास व्यालेन्सवाले प्रफिट ले जाऐंगे
(३) हम ट्याक्स दे चुके सनम्
(४) हमारे लेजर आपके पास है
(५) कहो ना प्रफिट है ?

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x