फित्काैली डटकममहान व्यक्तित्व !!
कलेजको वार्षिकोत्सबमा प्रिन्सिपल बोल्दै थिए– हाम्रो कलेज नेपालकै नाम चलेको कलेजमा पर्छ । यहाँ हामीले ठूलठूला हस्तीलाई जन्मदिएका छौँ । हाम्रो शिक्षाको स्तर विदेशी कलेज भन्दा कम छैन । केही मान्छे आफ्नो पैसाको रवाफ देखाउन आफ्ना छोराछोरी विदेशी कलेजमा पठाउँछन् पढ्नलाई, उनीहरूले आफ्नो देशमा भएको यत्रो ठूलो कलेज देखेर पनि आँखा बन्द गर्दैछन् । आज धनीहरूको यो परम्परा अनि सान भएकोछ, यो परम्परा बन्द हुनुपर्छ ।
सबैले ताली बजाए, प्रिन्सिपल झन जोसिँदै बोल्दै थिए ।
भिडमा एउटाले भन्यो “क्या महान् व्याक्तित्व छ सरको ।”
अर्कोले हो मा हो मिलायो ।
भिडभित्रको एक व्यक्तिले हल्का मुस्काउँदै भन्यो– “हो वास्तवमानै महान् हुनुहुन्छ सर, त्यसैले त आफ्नो छोरी क्यानडा अनि छोरा पोर्चुगल पठाउनु भएको छ पढनलाई ।”
Subscribe
Login
0 Comments
Oldest






































