साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘साहित्य सन्ध्या’को विशेष कविगोष्ठी

Nepal Telecom ad

साहित्य सन्ध्याको ३४० औँ कार्यक्रम साउन ३ गते शनिवार ‘आर.आर क्याम्पस, प्रदर्शनी मार्गमा ‘विशेष कविगोष्ठी’ गरी सम्पन्न भयो । शब्द संयोजन साहित्यिक मासिककी सम्पादक एवम् साहित्यकार सुमी लोहनीको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनाली एवम् शब्द संयोजन साहित्यिक मासिकका सम्पादक तथा वरिष्ठ स्रष्टा शीतल गिरीको संयुक्त सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा अतिथिका रूपमा वरिष्ठ कविद्वय कणाद महर्षि र अनिल पौडेल, सिस्नुपानी नेपालका अध्यक्ष एवम् हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नागे, कवि अतृप्त पाण्डे उपस्थित हुनु हुन्थ्यो ।

हरेक महिनाको पहिलो शनिवार ठिक १ बजे सुरु हुने साहित्य सन्ध्याको यो विशेष कविगोष्ठीमा गायत्री विष्ट, शौरभ रिमाल, विन्दा पाण्डे, प्रेमराज सिलवाल, पुनाराम गिरी, अतृप्त पाण्डे, गोपाल नेपाल, प्रमोदकुमार ढकाल, जे.के.सायन, भोलानाथ सुवेदी, जय गौडेल, कमला देवकोटा, गणेश मार्मिक, नवराज श्रेष्ठ, प्रशान्त खरेल, निर्भीक राई, लक्ष्मण गाम्नागे, हरिकुमार सिलवाल, ब्रह्मप्रिय प्रेमस्वरूप, अनिल पौडेल, भिजन गुरागाईँ, अनिश कालिकोटे, उमेश उपाध्याय, ख्यालमान राई, गोमा मैनाली, भवानी हुमागाईँ, प्रेम ओली, राजेश चोच्छे, नारायण निराशी, विजय विश्वास, ध्रुवराज घिमिरे, मुक्तिनाथ शर्मा न्यौपाने, उर्मिला पन्त पाण्डेय, गोपालकुमार मैनाली र सुमी लोहनीले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

वाचित कविता, गीत, गजलमाथि समीक्षक एवम् कवि भागवत आचार्यले कवितात्मक टिप्पणी गर्नु भयो । टिप्पणीमा गोष्ठीमा वाचित प्रायः सबै रचनाले समाजको समसामयिक यथार्थ, विद्रुपता, बेथिति, विसङ्गति उजागर गर्ने कार्य गरेका र त्यो अव्यवस्थाका प्रति विरोध गरेका, सुधारको आग्रह गरेका अर्थात् समाज रूपान्तरणका पक्षमा वकालत गरेका हुँदा गोष्ठी उपलब्धिमूलक रहेको धारणा राख्नु भयो ।

गोष्ठीकी अध्यक्ष सुमी लोहनीले निमन्त्रणालाई स्वीकार गरी उपस्थित भइदिनु हुने सबैलाई हार्दिक धन्यवाद दिनु भयो । गोष्ठीका प्रायः सबै रचना कुनै न कुनै रूपमा समाजका विकृति, विसङ्गति उजागर गर्ने, तिनमाथि प्रहार गर्ने र रूपान्तरणको आग्रह गर्ने खालका रहेका र अहिलेको सन्दर्भमा स्रष्टाको दायित्व भनेको पनि यही नै हो भन्ने धारणा सहित गोष्ठीको समापन गर्नु भयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x