साइबर अपराध सम्बन्धी सचेतना सामग्री

योजना आयोग ! मलाई एउटा योजना दे

Nepal Telecom ad

योजना आयोग अघिबाटै

योजना विहीन हिँडिरहेछु
सिंहदरबार अगाडि
मुसो भएको छु भिजेर
आफ्नै पसिनाले
वीरतापूर्ण इतिहासको फुइँ छोड्दै
भविष्यको राजनेता
चोरीको मोटरसाइकल चढेर
पृथ्वीनारायणको सालिकलाई दाहिने बनाएर
बग्गीखानाभित्र छिर्दै गरेको
चुपचाप चुपचाप हेरिरहेछु
मनमनै नारा लगाइरहेछु एक्लै–
चोरहरूलाई छोड्नु हुन्न !
तर, मुखले बोल्ने हिम्मत छैन
किनकि त्यो चोर मेरै साथी हो
ऊ पनि मजस्तै हिम्मतिलो वीर पुर्खाको सन्तान हो
एकदम साहसी नेपाली म
तर,
भोट कसलाई ? कसैले सोध्यो भने
सिधै भन्ने आँट छैन
र, जवाफ दिन्छु– जसले जित्छ उसैलाई ।
बागबजारमा चोर विरालोजस्तो
लुसुक्क छिरेको छु
एकदमै इमानदार म इतिहासदेखि
एक लिटर दूधमा खुसुक्क
आधा लिटर मात्रै पानी मिसाएको छु ।
मागेर कहिल्यै खाइनँ मैले
र, खान्न पनि कहिल्यै
बरु लुटेर कसरी खाने हो जहिल्यै
छलेर लाने हो पहिल्यै
डोनेसनलाई मागेको भन्न मिल्दैन
त्यो त अब अधिकार हो, सोचिरहेछु…
डोनेसन नदिने आँट
कसैले नगरे हुन्छ वीर नेपालीलाई
मसँग केही छैन हजुर, यो एउटा बन्दुक बाहेक
भनेर पनि माग्ने हो
मसँग केही छैन प्रभु, यो एउटा एनजिओ बाहेक
भनेर पनि माग्ने हो
कि के गर्ने हो ? कुनै योजना छैन मसँग
अगाडि देख्छु, राम शाहपथ
सबैका लागि समान माना पाथी चलाउने
रामशाह पथबाटै अघि बढ्छु
यो रामशाह पथमा कहिल्यै हिँडेन देश
बरु राम शाह पथ आफैँ पो
सोझै गएर
जाँड खाने एभरेस्ट होटेलभित्र छिर्छ
अलि पर, मदन भण्डारी मार्ग देख्छु
जुन मार्गमा कहिल्यै चलेन मुलुक
बरु मदन भण्डारी मार्ग स्वयम्
अर्को सुरा सुन्दरीको नाच चल्ने
चर्को गीत बजिरहेको होटेलतिरभित्र जान्छ
गणेशमान पथ पच्छ्याउँछु
त्यसले अर्को मोटेलतिर लान्छ
जान खोजेको कता थिएँ
अब त जाने पनि कतै योजना छैन
कता जाऊँ कता भा’छु
हो, यतिबेला म
योजना आयोग अघिबाटै
योजना विहीन हिँडिरहेछु
सिंहदरबार अघि मुसो भएको छु
बागबजारभित्र बिरालो भएको छु
म योजना आयोग अगाडि नै
योजना विहीन भएको छु
ए योजना आयोग ! मलाई एउटा योजना दे ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x