साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिनवटा ठट्टा

Nepal Telecom ad

हात्ती र कमिला

एउटी राम्री कमिलाको हात्तीसँग विवाह भएछ । विवाहको ५, ७ महिनापछि हात्ती पैसा कमाउन विदेश गएछ । यो सब देखेर कुनै दोस्रो हात्ती आएछ र कमिलालाई भनेछ : 
हात्ती– तिम्रो बूढा बाहिर गइहाल्यो अब त्यसलाई छोड्देउ र मतिर आऊ ।
कमिला– त्यसो नभन न मेरो पेटमा उसको बच्चा छ क्या ?

गनाउने बोको

एउटा शहरमा असाध्यै गनाउने बोको रहेछ र त्यो बोकोसँग कोही पनि बस्न धेरै गाह्रो भएका हुनाले बोकोसँग एउटा कोठामा को चाहिँ धेरै बेर टिक्छ भनेर पत्ता लगाउने प्रतियोगिता भएछ । सो प्रतियोगितामा अमेरिकाका जर्ज डब्लु बुस, भारतका गान्धी र नेपालका नेताले भाग लिएछन् । जर्ज डब्लु बुस छिरेका पाँच मिनेटमै फर्केर आएछन् । भारतका गान्धी भने १५ मिनेट टिकेछन् र पालो आयो नेपालका नेता, नेता छिरेको दुई मिनेटमा त बोको पो बाहिर आएछ । के भयो भनी बुझ्दा त बोकोभन्दा नेपालका नेता बढी गनाउने रहेछन् र त्यो गन्ध सहन नसकी बोको नै बाहिर आएछ ।

खन्चुवा मानिस

एकजना नामुद खन्चुवा मानिस होटलमा खान छिरेछ । खन्चुवा देखेर होटलवालाले खन्चुवाको टेबुल अगाडि १०० वटा रोटी राखिदिएछ । सो रोटी देखेर रिसले चुर भएको खन्चुवाले भनेछ– म कुनै ठूलो हात्ती हो, किन यति धेरै रोटी राखेको त ? खुरुक्क माथिका २ वटा रोटी चाहिँ फिर्ता लैजाऊ !

बुद्धनगर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x