चट्याङ मास्टरचट्याङ–चड्कन
क) नेता/राजनीति/भाषण
-उहाँले राष्ट्रलाई यति क्षति पु¥याउनु भयो कि राष्ट्रले उहाँलाई राष्ट्रिय नेता नमानी सुखै पाएन ।
– उहाँमाथि आफ्नो घृणा व्यक्त गर्न पनि लामो लाइन बसेर पालो कुर्नुपर्छ ।
– उहाँको मनमष्तिष्क कति चोखो छ भने त्यहाँ आजसम्म कुनै पनि भावना र विचारले पाइला राखेकै छैन ।
– यस्तै हो, कोही बुद्धिमान् हुन्छन्, कोही नेता हुन्छन् ।
– जीवनमा उहाँले यति धेरै गलत कदमहरू कति छिटोछिटो चाल्नुभयो भने उहाँ नेताहरूको पनि नेता हुन पुग्नुभयो ।
– उहाँ देशको कुभलो चिताउने व्यक्ति होइन, गर्ने व्यक्ति हो ।
– उहाँजस्तो नेता भइसकेपछि देशमा महामारी फैलाउन रोग नै किन चाहिन्छ ?
– मलाई नेता हात्ती जस्तो लाग्छ, हेरिरहँदा रमाइलो लाग्छ हेर्दा मार्ला भन्ने डर लाग्छ, घर लैजाने कुरा सोच्नै सक्दिन ।
– ठूल्ठूला आकारका धेरै शब्द एउटा सानो विचार भित्र खाँदेर अटाउन सक्ने कला प्रदर्शनीलाई भाषण भन्दछन् ।
– उहाँको राजनीति अलि फरक छ । उहाँ जनताको नेतृत्व आफूले लिने होइन, उहाँको नेतृत्व जनताले लिनु पर्ने हो ।
ख) सिद्धान्त/विचार
– उहाँको टाउकोमा पनि विचारको एक थोपा भेट्नुभयो भने पनि आकाशबाट विचारको मुशलधारे वृष्टि भएको रहेछ भन्ने बुझे हुन्छ ।
– उहाँ खुला विचार राख्नुहुन्छ । विचार खुल्ला भएपछि कहाँ जान्छ के ठेगान ?
– मुर्खता र गलत विचारको त उहाँ भण्डारै हो नि ।
– उहाँका मुखबाट निस्केका सिद्धान्त रुघाखोकी सरेझैंँ सर्छ, उहाँलाई त्यो सिद्धान्त विशेक भइसक्दा पनि आफू त्यही सिद्धान्तले ढलिरहेको हुन बेर छैन ।
– उहाँ पुख्र्यौलीदेखि नै सिद्धान्तका धेरै धनी खान्दानका मानिस । जुन बेला जस्तो सिद्धान्त जति चाहियो ठ्याक्कै भनेको बेलामा झिक्ने सकने सैद्धान्तिक समृद्धि उहाँलाई प्राप्त छ ।
– उहाँको टाउकोमा मात्रै बुद्धि नभएको हो । तल पैतालादेखि मुखसम्म त बुद्धि नै बुद्धि छ नि !
ग) कर्मचारी/ब्रह्मचारी
– अन्तिम सासपछि पनि एक वाक्य बोल्न पाइने भए मरेको सरकारी हाकिमले आफ्ना मलामीलाई भोलि आउनोस् भनेर फर्काउँथ्यो ।
– उहाँको मनमष्तिष्कबाट धुत्र्याइँ झिक्नु भनेको मोटरको टायरबाट हावा निकाल्नु जस्तै हो । विचराको गाडी नै चल्दैन ।
– उहाँले बाँचुञ्जेल त सक्नुभएन तर मरेपछि धेरै उपाधि हासिल गर्नुभयो । उहाँको सबैभन्दा पहिले कामको धेरैले उच्च मूल्याङ्कन गरेर उच्च सम्मान दिएका हुन् ।
– उहाँ केटाकेटी देखिनै अलिक मूर्खै टाइपको हुनुहुन्थ्यो तर पछि त्यसमा धेरै प्रगति गर्नुभयो ।
घ) पार्टी
– अब उप्रान्त पृथ्वीको गुरुत्वाकर्षणको सिद्धान्तलाई औपचारिक रूपमा नमान्ने निर्णय पार्टीको केन्द्रिय समितिको बैठकले सर्वसम्मतबाट पास गरेको छ ।
ङ) वैदेशिक निर्यात
– पुनप्र्रयोगका लागि नेपालबाट बण्डलका बण्डल भारत पठाइने तीन कुरा हुन्– १. रद्दी कागज २. खालि सिसी ३. शीर्षस्थ नेता ।
– उहाँका सिद्धान्त र विचारलाई कवाडीवालाले पनि आधामूल्यमा मात्रै पाए लाने गर्छ ।
च) विविध
– उहाँको टाउकोभित्र गिदी पनि भएको भए त्यति कुरा टाउकोमा कसरी अटाउन सक्नुहुन्थ्यो ?
– कात्रोले ढाकेको मान्छे भए पो चितामा राखेर तलबाट आगो लगाउन हुन्थ्यो, मुर्खताले ढाकेकोलाई त्यसो गर्न मिल्दैन ?
-. प्रकृतिले उहाँलाई त्यो रूपको बनाउँदा पनि उहाँ अझै प्रकृतिप्रेमी नै हुनुहुन्छ ।
Subscribe
Login
0 Comments
Oldest





































