साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइल देवी

Nepal Telecom ad

सानो सुकिलो चिटिक्क परेकी
सिम धारण भुँडी भित्र गरेकी
ऐश्वर्या हो, या हो कि त परी ?
मोबाइल देवीले गर्नु नगर्नु गरी ।

घरि क्रिङ्ग क्रिङ्ग गरी बज्छे ऊ
घरि थर्किएर नाचिदिन्छे ऊ
घरि बज्छे भिन्न धुन सह्यारी
मोबाइल देवीले गर्नु नगर्नु गरी ।

अनेकौंको धड्कन जोडाउँछे यो
अनेकौलाई बेहालमा पुर्याउँछे यो
कहिले गर्छे ऊ मन मनपरी
मोबाइल देवीले गर्नु नगर्नु गरी ।

कान र मुखमा मित्रता छ उसको
सबै छन् अन्ध–अन्धभक्त उसको
बजारमा बर्सिन्छे बनी साउने झरी
मोबाइल देवीले गर्नु नगर्नु गरी ।

न सुत्छे दिनमा, न आराम राती
गनगन उकिै छ भाँती भाँती
धेरैको खल्ती खलास रित्तो पारी
मोबाइल देवीले गर्नु नगर्नु गरी ।

विद्यार्र्थी पड्दैन बिगार्ने नि उही
व्यापारी मालामाल सपार्ने उही
कसैलाई सताउँछे चक्चक गरी
मोबाइल देवीले गर्नु नगर्नु गरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x