सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मोबाइल देवी

Nepal Telecom ad

सानो सुकिलो चिटिक्क परेकी
सिम धारण भुँडी भित्र गरेकी
ऐश्वर्या हो, या हो कि त परी ?
मोबाइल देवीले गर्नु नगर्नु गरी ।

घरि क्रिङ्ग क्रिङ्ग गरी बज्छे ऊ
घरि थर्किएर नाचिदिन्छे ऊ
घरि बज्छे भिन्न धुन सह्यारी
मोबाइल देवीले गर्नु नगर्नु गरी ।

अनेकौंको धड्कन जोडाउँछे यो
अनेकौलाई बेहालमा पुर्याउँछे यो
कहिले गर्छे ऊ मन मनपरी
मोबाइल देवीले गर्नु नगर्नु गरी ।

कान र मुखमा मित्रता छ उसको
सबै छन् अन्ध–अन्धभक्त उसको
बजारमा बर्सिन्छे बनी साउने झरी
मोबाइल देवीले गर्नु नगर्नु गरी ।

न सुत्छे दिनमा, न आराम राती
गनगन उकिै छ भाँती भाँती
धेरैको खल्ती खलास रित्तो पारी
मोबाइल देवीले गर्नु नगर्नु गरी ।

विद्यार्र्थी पड्दैन बिगार्ने नि उही
व्यापारी मालामाल सपार्ने उही
कसैलाई सताउँछे चक्चक गरी
मोबाइल देवीले गर्नु नगर्नु गरी ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)