साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आरम्भको गाईजात्रे कवि सम्मेलन

Nepal Telecom ad

काठमाडौं । २६ साउन २०७१/राजधानीमा क्रियाशील संस्था आरम्भले आफ्नो ४९ औँ शृङ्खला गाईजात्राको अवसरमा हास्यव्यङ्ग्य कवि सम्मेलनको आयोजन गर्यो । समाज कल्याण परिषदका सदश्य सचिव रबिन्द्र कुमारको प्रमुख आतिथ्य र भारतीय दूतावासका प्रथम सचिव अभय कुमारको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा दुई दर्जन कविहरूले हास्यव्यङ्ग्य कविता वाचन गरेका थिए । आफ्ना हास्यव्यङ्ग्य रचना प्रस्तुत गर्नेहरू चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, प्रेम ढकलपुरे, जयन्ता पोखरेल, नरनाथ लुइँटेल, बम बहादुर जिताली, ललिता दोषी थिए ।

त्यसै गरी भिजन गुरागाइ, रिचा, रामकृष्ण शर्मा, गोपाल नेपाल, नरनारायण शर्मा, प्रभाकर पाण्डे, बामदेव शर्मा, राजेश चोच्छे, मुकुन्द दहाल, राम प्रसाद हुमागाइ, निर्मल कुमार रिमाल, विजय विश्वास, केसव पौडेल, केसवराज अर्याल, पुन्य आचार्य आदिले पनि आफ्ना रचना प्रस्तुत गरे ।

समालोचक भरतकुमार भट्टराइले वाचित रचनाहरूको समीक्षात्मक टिप्पणी गर्दै गाईजात्रा हास्यव्यङ्ग्य प्रस्तुतिको राम्रो अवसर बताए । कार्यक्रमको अन्तमा प्रमुख अतिथिले छोटो मन्तव्य दिँदै यस्तो कार्यक्रममा सहभागी हुने अवसर पाएको अत्यन्त खुसी लागेको बताए । कार्यक्रम सन्चालन सञ्चारकर्मी शशी मजगैयाले गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x