साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोखरामा महको महोत्सव

Nepal Telecom ad

पोखरा– सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरालाई हँसाएका छन् । टुबोर्ग महजात्रा हास्य महोत्सव लिएर पोखरा पुगेका उनीहरूले गत साउनको तेस्रो हप्तादेखि हँसाउन थालेका हुन् । महको महोत्सव सोमबारसम्म चलेको थियो ।

पोखरा सभागृहमा हरेक दिन मह सहितका कलाकारले अढाई घन्टासम्म दर्शकलाई पेट मिचीमिची हाँस्न बाध्य पारेका थिए । कहिले राजनीति त कहिले सामाजिक, कहिले जातीय त कहिले लंैगिक विषयमा उनीहरूले घोचपेच गरे । गोर्खा ब्रुअरीको टुबोर्ग बियरको सहकार्यमा मह टोली पोखरामा पुगेका हो । उनीहरूले यसअघि राजधानीमा २७ दिनसम्म यही प्रस्तुति प्रस्तुत गरे थिए ।

टोलीमा नरेन्द्रर कंसाकर, वसुन्धरा भुसाल, राजाराम पौडेल, किरण केसी, शिवहरि पौडेल, दिलीप रायमाझी, मोहितबंश आचार्य, यमन श्रेष्ठ लगायतका कलाकार पनि छन् । किरण केसी, शिवहरि पौडेल र राजाराम पौडेलको ‘बोर्डर चेकपोस्ट’ महजोडीको शब्दान्ताक्षरी र दिलीप रायमाझीको नाचले सभागृह पुगेका दर्शकले पूरै समय कलाकारलाई साथ दिएका थिए । नेपालका राजनीतिक नेताहरूलाई भारत र चीनले कसरी आफ्नो पोल्टामा राखेको छ भन्ने बारेमा गरिएको व्यङ्ग्यमा सबैभन्दा बढी तालीको गडगडाहट सुनिन्थ्यो । त्यसबाहेक सामाजिक र लैंगिक व्यङ्ग्यले पेट मिच्न बाध्य पारिएको थियो ।

कार्यक्रम हेर्न पुगेका दर्शकले टिकट किनेको रकम खेर नगएको प्रतिक्रिया दिए । ‘मैले यी कलाकारको प्रस्तुति पहिला पनि हेरेको थिएँ । अहिले पनि निकै रमाइलो लाग्यो ।’ परिवारैसित आएका लेकसाइडका भरतराज पराजुलीले भने, ‘हँसाउने कलाकार भएकाले होला, अनुहार देखे पनि हाँसो लाग्ने रहेछ । यो उमेरसम्म पनि धेरै कुरामा अपडेट भएर हँसाउन सक्ने क्षमता उहाँहरूमा छ ।’ सात वर्षपछि हास्यव्यंग्य कार्यक्रम लिएर पोखरा आउन पाएकामा खुसी लागेको कलाकारको भनाइ छ । ‘फिल्म खेल्न बीचमा पोखरा आएका थियौं । तर रंगमञ्चमा सात वर्षपछि झुल्किदैछौँ’ हरिवंश आचार्यले भने । ‘मेरो र हरिवंशको ३४ वर्षको सहयात्राको उपलब्धि नै यही हो । सहयात्राको नतिजाको रुपमा हामीले यहाँ प्रस्तुति गर्दैछौं’ अर्का कलाकार मदनकृष्ण श्रेष्ठले भने ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x