साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रामा दुई मोदी

Nepal Telecom ad

काठमाडौं– नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्रर मोदीको संसदको भाषणले धेरै नेपालीको मन छोयो । मोदी दुई दिनमै भारत फकिर्सके । तर, मोदीका डुप्लिकेट भने काठमाडौंमै छन् । मोदीका डुप्लिकेट पनि एक होइन दुईदुई जना छन् । पहिलो डुप्लिकेटलाई भृकुटीमण्डपमा चलिरहेको ‘तीतेजिरे मेरी बास्सै गाईजात्रा’ मा देख्न पाइन्छ भने अर्कोलाई प्रज्ञा प्रतिष्ठानमा चलिरहेको ‘गाईजात्रा महोत्सव’ मा ।

प्रज्ञामा चलिरहेको गाईजात्रामा मनोज गजुरेलले मोदीको रुपमा अभिनय गरेका छन् । उनले सुशील कोइराला बनेका धिताल चिरिच्याट्टसँग प्रहसन देखाइरहेका छन् । भृकुटीमण्डपमा चाहिँ शिवहरि वैरागी नेपालले मोदीको हाउभाउलाई दुरुस्त उतारेर दर्शकलाई हँसाइरहेका छन् । उनलाई साथ दिएका छन् महादेव बनेका जितु नेपालले ।

प्रज्ञाको गाईजात्रामा लक्ष्मण गाम्नागे, केदार घिमिरे, विल्सन विक्रम राई, शैलेन्द्रर सिम्खडा, मनोज गजुरेल, कमल गाउँले, इन्दिरा जोशी, सुरेन्द्र केसी, शिवशंकर रिजाल, दमन रुपाखेती, विष्णु सापकोटा, अञ्जु महर्जन आदि कलाकारका प्रस्तुति हेर्न पाइन्छ भने भृकुटीमण्डपमा दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, जितु नेपाल, सीताराम कट्टेल, कुञ्जना घिमिरे आदिले विविध मनोरञ्जनात्मक कार्यक्रम पस्किरहेका छन् ।

साउन २४ मा सुरु भएका दुवै गाईजात्रे कार्यक्रम भदौ ७ गतेसम्म चल्नेछन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको मृत्युका कारण प्रज्ञाको कार्यक्रम आइतबार र सोमबार रोकिए पनि ‘तीते जिरे’ समूहकोे गाईजात्रा भने रोकिएको थिएन । दुवै ठाउँको गाईजात्राको प्रस्तुति साँझ एउटै समयमा सुरु हुन्छन् ।

दुवै समूहले बिदाको दिन दुई शो देखाउँदै आएका छन् । दुवै कार्यक्रममा राजनीतिक विषयवस्तुमाथि पनि व्यङ्ग्य गरिएको छ ।

‘नागरिक डटकम’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x