साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्रीको पुच्छर

Nepal Telecom ad

मन्त्रीजीको सवारी हुने कुराले सात दिन पहिलेदेखि नै अति व्यस्त थिए गाउँलेहरू । स्थानीय नेता र कर्मचारीहरू मन्त्रीजीका नजरमा पर्न निकै कसरत गर्दै थिए । र, त्यो समय पनि आइपुग्यो । मन्त्रीजीको स्वागतमा कुइरीमण्डल मान्छेको ओइरो लाग्यो । समाजका सबै तप्काका मानिसहरू स्वागतमा जुटेका थिए ।

मन्त्रीजी आइपुग्नुभयो, अगाडि बढ्नुभयो र जानुभयो । ओरपरका मानिसहरू आँखाले भ्याइञ्जेल हेर्दै थिए मन्त्रीलाई तर कसैले देखेनन् । तर, ‘मन्त्रीजी कि जय’ भन्नेहरूको लस्कर भने करिव डेढ माइलकै थियो । मानिस भन्दै थिए ‘ऊ मन्त्रीजी’ ‘ऊ मन्त्रीजी’ हेर्नेहरूमा कसैले पनि मन्त्रीजीलाई देखेका थिएनन् । केवल मन्त्रीजीका पछिपछि दगुर्ने भीडलाई मात्र, त्यसैबीच लस्करको पछाडिबाट एकजनाले भन्यो– “पुच्छर त यति लामो छ भने मन्त्रीजी कत्रा होलान् ?”

‘फित्कौली’ अङ्क १५ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x