साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाउको दुखेको औषधि नाईटामा….

Nepal Telecom ad

दाहिने कानको अप्रेसन गर्न गएका विरामीलाई देब्रेतिर अप्रेसन गरिदिएको समाचार एउटा अखबारमा छापियो, हेरियो पढियो तर अचम्म भने कति पनि लागेन । किनभने यहाँ दैनिकजसो यस्तै हुने गर्दछ । विरामीले अप्रेसन गर्ने अन्तिम समय अर्थात बेहोस गर्ने औषधि सुँगाउने बेलासम्म पनि आफ्नो व्यथा भएको ठाउँको जानकारी दिए पनि डाक्टरहरू मान्नेवाला छैनन् । मानून् पनि किन ? व्यथा कहाँ छ भन्नेबारे त डाक्टरले पो जान्दछन् कसरी विरामीले जान्नु ? विरामीले आफै जान्ने भए किन दशथरीको परीक्षण गर्नु पथ्र्यो । फेरि डाक्टरले त रिपोर्टको आधारमा पो उपचार गर्छन् त विरामीले भनेको भरमा हुने हो र ?

नेपालका डाक्टरहरू यसरी नै प्रशिक्षित भएका र हुँदै आएका छन् । हेपाटाईटिसको टिका लगाउँदा सुईले हड्डी छेड्ने गरी लगाइदिएर इन्फेक्सनले कुम सुनियो भने बोन क्यान्सर भएको भनी क्यान्सरको उपचारतिर लाग्छन् । निमोनियाँ बिग्रिएर फोक्सो दुख्यो भने क्षयरोगको औषधि ख्वाएर विरामीलाई सधैंका लागि निको गरी दिन्छन । देब्रे मृगौलामा भएको पत्थर दाहिनेतिर खोज्छन् । किन नखोजून् आखिर देशको उपचार गर्ने विद्वान् भनाउँदा डाक्टरहरूले नै यस प्रकारको उपचार विधि अपनाएपछि । देशको मुटुमा प्वाल परेको कति समय भैसक्दा समेत कुनै ठोस अप्रेसनको तयारी छैन । जहिले पनि अमेरिकाको केन्द्रीय ल्यावमा पठाएको देशका नमुनाहरूको रिपोर्ट ल्याउन ल्यावब्वाई दौडेको दौडेकै छ तर रिपोर्ट कहिल्यै सही ल्याउने हैन । ल्याएर पनि ल्यावलाई ठूलै बेफाईदा, फेरि विरामी निको भैहाल्यो भने उसको व्यापार नै चौपट हुने ।

जनतालाई राम्ररी थाहा छ समस्या कहाँ छ भनेर तर के गर्ने जनतालाई कसले पुछ्ने । एकातिर दुखेकोमा अर्कोतिर निचोरी दिने, अर्कोतिर दुख्यो भने झन अर्कैतिर सुई दिने गरेर देश थिलथिलो पारिसके । असी प्रतिशत जनताले बुझिसके अब बीस प्रतिशत मात्र बाँकी छन् त्यै बीस प्रतिशत पनि तालिमको फेजमा रहेका छन् । त्यसपछि त यी विषय विशेषज्ञहरूले उपचार गर्ने मौका त के विरामीलाई छाम्नसमेत पाउने छैनन् ।

विरामीको सेवा गर्ने नाममा जसरी दिन दुगुना रात चौगुना अस्पताल र नर्सिङ्गहोमहरू खुलेका खुल्यै छन् ठीक त्यसै गरी देशको उपचार गर्ने नाममा अनेकथरी परीक्षकहरू उम्रेका उम्रै छन् । कोही तराई निचोर्छन् कोही चुरेभावर त कोही के के वान के के वान । आखिरमा कसैले व्यथा पत्तो लगाएका होइनन् । टाउको दुख्दा औषधि गर्ने विधि नयाँ खाले सिकेका छन् । बच्चा पेटमा रहँदा सबै पोषक तत्वहरू नाभीको माध्यमले आमाबाट बच्चामा जाने कुराको राम्रो ज्ञान भएर होला सिटामोलको धुलो नाइटैमा दलिदिन्छन् । गजबै छ यिनको विद्वता । यस्तो पाराले विरामी घट्नु त कता हो कता बरु झन् बढ्ने भने निश्चित छ ? सबै खाले डाक्टरहरूको बेलैमा आँखा खुलोस् यही कामना छ ।

गल्कोपाखा, काठमाडौँ
‘फित्कौली’ अङ्क १५ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x