साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजल प्रतियोगिता

Nepal Telecom ad

अन्तर्राष्ट्रिय नेपाली गजल मन्चले आयोजना गरेको हालसम्मकै ठूलो पुरस्कार राशिको अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०७१ को नतिजा प्रकाशित भएको छ ।

प्रतियोगिता नतिजा अनुसार युवा गजलकार कमल सङ्घर्ष प्रथम भएका छन् । प्रतियोगितामा अर्का युवा गजलकार तपेन्द्र्र घोडासैनी द्वितीय र श्रीराम अधिकारी तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय भई क्रमश अमेरिकी डलर ३००, २०० र १०० प्रदान गरिने घोषणा गरिएको छ ।

इमेलमा प्राप्त २५० भन्दा बढी गजलहरूबाट गजलका ज्ञाताहरू प्रा.डा. कृष्णहरि बराल, करूण थापा र रवि प्रान्जलको निर्णायक मण्डलले उल्लिखित गजलकारका गजलहरूलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत गजलकारहरूलाई भदौ ७ गते शनिबार अन्तर्राष्ट्रिय नेपाली गजल महोत्सव, २०७१ को भव्य कार्यक्रममा पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जानकारी अन्तर्राष्ट्रिय गजल मञ्चका महासचिव घनेन्द्र ओझाले दिएका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x