साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चट्याङवाणी

Nepal Telecom ad

१. नेता र कट्टु समय समयमा फेरेन भने गनाउन थाल्छ । 

२. नेतामाथिको विश्वास र चितामाथिको लाश सकिन कतिवेर लाग्छ ।

३. मलाई हाम्रा नेताको बोली असाध्य मीठो लाग्छ किन भने त्समा बुद्धि मिसिएको हुँदैन ।

४. नेता चढ्ने मोटर ठूलै हुनुपर्छ, उहाँसँगै उहाँका विचारहरूले पनि त यात्रा गर्दा अटाउनु प¥यो ।

५. उहाँको सम्पूर्ण शरीर गणतन्त्रात्मक छ । शरीरका हरेक अङ्ग स्वशाषित हुन् र आफ्नै किसिमले हलचल गर्न स्वतन्त्र छन् ।

६. ठूल्ठूला पदमा बस्नेको सधै टाउकोभन्दा भुँडी ठूलो कनि हुन्छ ?

७. नेतालाई सम्मानदिनु भनेको कुखुरोलाई कम्वोर्ट दिनु जस्तै हो । कता लाउनु, कता हिडँ्नु ।

८. नेताको भनाइ बेठिक होइन अहिले परिस्थितिले गर्दा हाललाई ठीक प्रमाणित गर्न विदेशी हस्तक्षेपले गर्दाअसहज वातावरणको सिर्जना क्षणिक रुपमा भएको मात्रै हो । 

९. अरुले ढाँटेको भन्दा नेताजीले ढाँटेको राम्रो किन भने कमसेकम यसले ढाँट्छ भन्ने कुरा त आफूलाई पहिल्यै थाहा हुन्छ ।

१०. ९९.९ नेताहरूले गर्दा बाँकी थुप्रै असल नेताहरू पनि वद्नाम भएका छन् ।

११. उहाँले कति छिटोछिटो प्रगति गर्दै अगाडि बढ्नुभयो भने उहाँकै बुद्धिले उहाँलाई पछ्याएको पछ्यायै छ तर भेटाउन सकेको छैन ।

१२. धेरै मानिसले आफ्ना कुरा पत्याउन थालेपछि आफू नेता होइन तर नेता भइसकेपछि आफूले जे बोले पनि कसैले नपत्याउने गरेको किन होला ?

१३. जनताको भाषण सुन्ने चाहना पूरा गर्न नेताले भाषण गरिदिएको होकि नेताको भाषण गर्ने चाहना पूरा गरिदिन जनताले सुनै झैँ गरिदिएको हो ?

१४. नेता र टुथ पेस्टमा फरक के छ भने ट्युबबाट निकालेको पेस्ट फेरि ट्युबमा हाल्न सकिन्न तर नेतालाई एकपटक सदन भित्र छिराएपछि त्यहाँबाट निकाल्नै मिल्दैन ।

‘फित्कौली’ अङ्क १४ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x