साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आकार

Nepal Telecom ad

यतिखेर म
आङ्खनै चेतनाले
थिच्चिएको छु
खोलापारिको
एक्ले रुखजस्तो
एक्लिएको छु
र, एक्लिनुको अतिशय पीडाबाट
ठाउँ–ठाउँमा दुखेको छु !
म आफ्नै आवाज सुनेर तर्सेको शून्य आकाशको बादल
म अखबारहरूमा लेखिएको कुनै अप्रिय समाचार
म हिँड्दा हिँड्दै रोकिएको बाटो
म आफ्नै आकाशबाट झरेको जून
मेरा सामु ढकमक्क फुलेको छ झरिजाने फूल
मेरा सामु लमतन्न परेको छ ढलिजाने समय
यतिखेर, म त्यही समयसँगै ठाउँ–ठाउँमा ढलेको छु !
मेरा निधारैभरि घटनै घटना लेखिएका छन्
मेरा छातीभरि दुर्घटनै दुर्घटना खोपिएका छन्
मेरा निम्ति हिँड्नुपर्ने गोरेटो लामो छ
मेरा सामु तर्नुपर्ने नदी गहिरो छ
डरलाग्दा छन् चढ्नुपर्ने पहाडहरू
रित्ता छन् जूनतारा
रित्तो छ आकाश
वरपर छन् काला रातहरू
यतिखेर
म त्यही कालो रातभित्र
जीवनको आकार खोज्दै छु !

कलङ्की, काठमाडौं

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x