साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता जिमखाना खोज्दै छ

Nepal Telecom ad

उपभोक्ता बजारको भाउ सुनेर
भाउन्न छुटेको कविता
घर फर्कंदा जिमखानाको बाटो सोध्दै÷खोज्दै फक्र्यो ।

आँसुको पर्व मनाउनेहरूको भीड देखेर आत्तिएको कविता
सम्वेदनाको प्रदेश खोज्दै हिँड्न थालेको बेला
समवेदनहीनहरूको बर्बर आक्रमणबाट जोगिन पनि
कविता जिमखानाको भर्ना आवेदन लिएर घर छिर्यो ।

शक्तिको चरम दुरुपयोगमा मात्तेको शासकको
चुरिफुरी बेहारिसकेपछि पनि सडकमा
उसैका सन्डमुसन्डका झुन्डबाट आजित भएर
कविता जिमखानाका लागि चाहिने सामानहरूको सूची बनाउन थालेको छ ।

युगीन विपदका घारी नाघेर यहाँसम्म आइपुग्दाको उहापोह बाँड्न नपाउँदै
फेरि अर्को, फेरि अर्को आपतको भुँमरी छिचोल्न हम्मे–हम्मे पर्न थालेपछि
दूर्लभ्य प्राप्तिको शिखर चढ्न नसकेर लिलिपुट बनिरहन नसक्दा
कविता जिमखाना भर्ना हुन जाने हतारमा छ ।

म कवितालाई जिमखाना पठाउँ कि नपठाऊँ
तपार्इंहरूसम्म सोध्न आएको छु ।

‘अभिव्यक्ति’ पूर्णाङ्क १७२ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x