साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौ तपैँ नै भन्नुस् त !

Nepal Telecom ad

के भन्नु र हो, म त आजभोलि छक्कैछक्क परेर अक्क न बक्क भै पक्क प¥या छु भन्या । बूढापाकाले ‘नमरी बाँचे कालले साँचे केके देख्न, सुन्न पाइन्छ बाबै’ भन्थे । उन्नाईसै आना सत्य पो रहेछ गाँठे यो उखान त !

हुन त प्रजातन्त्र, जनतन्त्र, लोकतन्त्र, गणतन्त्र आदि केके जाति तन्त्रै तन्त्रको मन्त्र जप्दै जनतालाई जिल्याएँदै मनपरी तन्त्रको खेल देखाउन खप्पिस खुराफाती नेताले विश्व रेकर्ड राख्ने मुलुकाँ जे भए पनि केको छक्क पर्नुु, केको पक्क पर्नु र खै ? साँच्चै बेलाबेलामा नयाँ नेपालाँ गिनिज बुकाँ नाउँ लेखाउने खालका कामकुरा भैरहन्छन्– भैरहन्छन् र हामी मिठाई पसलको पापा हेरेर मुख मिठ्याएँदै दङ्क परे झैँ आफ्नोे तमासा आफैँ हेर्दै मक्ख पर्छौँ ।

त्यसैले त जलस्रोतमा विश्वमै धनी भ’र पनि विना पानी काकाकुल झैँ बन्नुपर्दा पनि मेलम्चीको मृगतृष्णाले प्यास मेट्छौँ र तृप्त हुन्छौँ । लोडसेडिङको लोडले कम्मर तोड्दा पनि दसकौँ पछि बल्ला कि नबल्ला आशामरू बत्तीको उज्यालोमा आँखा तिरमिराउँदै रमाउँछौँ । बाह्रै महिना फोहोरको डङ्गुरले घेरिएर बसी पिनास नाशक सुगन्ध सुँघ्दै स्वर्गीय आनन्द महसुस गर्छौँ । ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने झैँ कामकुरा गर्ने सेता हात्ती पाल्छौँ ।

विश्वका असफल राष्ट्रमध्ये तेस्रो स्थानमा आफ्नोे देशको नाम आउँदा ‘दुइटा देशलाई त मज्जाले जितेरै छाड्यौँ ।’ भन्दै आफ्नोे घिरौँले नाक र च्याखुरे छाती भ्याकुताले भुँडी फुलाए झैँ फुलाउँदै फुलेल हुन्छौँ अनि गजक्क गज्किन्छौँ । आदि इत्यादि खै केके जाति केके जाति भनेर साध्ये भए पो !

लौ, तपैँ नै भन्नुस् त, विश्वमा छ त कतै नेपाल नगरीसरि अरू कुनै नगरी ? नेताले जनतालाई खेलौँना सम्झी छक्याउँदै उल्लू बनाउँदै रजाइँ गर्न पाइने नगरी ? जति भ्रष्ट उति मान, सान बढ्छ त कतै यसरी ? जे मन लाग्यो त्यही बोलेको भरमा पाइन्छ त मोज गर्न कहीँ यहाँजस्तै कामै नगरी ? केके मात्रै लेखौँ खै ? ठेलीका ठेली हुन्छन् लेख्दै गएमा यस्ता कुरा नानाथरी ।
लौ भन्नुस् त अब तपैँ नै के कसो गर्ने हो अघिसरी ?

‘झिगापुर’ सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
0
Would love your thoughts, please comment.x
()
x