साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगीको कृष्णभीर

Nepal Telecom ad

यस्तै हो जिन्दगी
सिसिफसको कथाजस्तै
अलिकति बनायो
फेरि खसिदिन्छ कृष्णभीर
एक सर्को पुछेर आँसु
संगालेर आँखाभरि सपना
अलिकति यताबाट
उताबाट अलिकति
तुन्यो अनि बुन्यो
जिन्दगीका सुन्दर–सुन्दर सपनाहरु
तर खसिदिन्छ फेरि कृष्णभीर
अघि हेर्यो–
गन्तव्यतिरको दिशा ताक्दै
रोकिएका यात्रुहरुको लस्कर
पछि हेर्यो–
गन्तव्यका लागि हतारिएका
मानिसहरुको लस्कर
अथवा भनौं
सपनाहरुको लस्कर
अथवा भनौं
जपनाहरुको लस्कर
तर, यस्तै हो साथी ‘वर्षात्’मा
फेरि खसिदिन्छ कृष्णभीर ।
योजनाहरु सपनाजस्तै
सपनाहरु योजनाजस्तै
तुने पनि भत्किन्छन्
भत्किन्छन् बुने पनि
उने पनि फुकिन्छन्
यस्तै हो साथी ‘वर्षात्’मा
जिन्दगीको कृष्णभीर ।

२०५९ माघ २९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x