साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मीको आरति

Nepal Telecom ad

ॐ जय लक्ष्मी माता !
न त कहिल्यै हाकिम मन्त्री हुन पाता
न त भन्सार करमा कहिल्यै छुन पाता
न त व्याङ्कको हिनामिना अधिकृत हुन पाता
यसो यताउति मिलाई दिए तिम्रो के जाता ? ॐ जय….

सकिएन कहिल्यै खोल्न कडोरको खाता
बरु फोर्दिन्थेँ नि अख्तियारका दुईटै आँखा
जीवनले फेथ्र्यो कि नौलो भाका
अलिकति हेरविचार गरे तिम्रो के जाता । ॐ जय….

युवा–युवती तिमीलाई खोज्दै विदेशतिर गा’का
कतिले मात्रै भर्दिए दलालकै खाता
कत्ति त त्यतैबाट सोझै यमलोक जाता
अलिक हेरविचार गर्दिए तिम्रो के जाता । ॐ जय….

बिहान बेलुकै घरमा तिम्रै खाँडो जगाता
चामल सकियो भन्दै बूढीले भाँडो बजाता
जीवन नै बित्यो अझ पनि लाउँछ्यौ आँखा राता
अलिकति यसो कोल्टे पर्दिए तिम्रो के जाता ! ॐ जय….

सामन्तको भँडार मात्रै तिम्रो रासा–बासा
पूँजिपतिका चेकले तिमीलाई डिस्कोमा नचाता
किन दुईचारलाई मात्रै धनको लाउँछ्यौ रासा
केही सहयोग गर्दिएदेखि तिम्रो के जाता । ॐ जय…

सधैं तिनै विस्नुले मात्रै तिमीलाई खुट्टो मिचाता
सुन्छु– दिनमा कति खेप तिमी पोइल पनि जाता
गणेश र सरस्वतीसित मात्रै किन फोटो खिचाता
अलिकति यता पनि हेर्दिए तिम्रो के जाता । ॐ जय…
ॐ जय लक्ष्मी माता…….

काकरभिट्टा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x