साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारी उपचार

Nepal Telecom ad

कुरीबाट चरिकोटका लागि हिँडेको मोटर पुनः उबडखावड बाटोमा आइपुगेपछि ‘अब राम्रोसँग समातेर बस्नु होला है सर, नत्र त फेरि टुईंके खुस्किन बेर छैन’ भन्दै ड्राइवरले यात्रुहरूलाई सचेत गरायो र चरिकोटबाट कुरीतर्फ आउँदाको सास्ती सम्झाउन थाल्यो ।

चरिकोटबाट कालिन्चोक जाने उकालो लागेपछि टाटाको पिकअप भ्यानले कतिपटक उचाल्यो र कति पटक पछा¥यो गनेर साध्य भएन र ऐऽयाऽ ऐऽयाऽ नगर्ने यात्रु भएनन् ।

बेला–बेलामा ड्राइवरलाई अलि बिस्तारो चलाऊ न भाइ भनेर अनुरोध गरिरहेका थिए । प्रत्युतरमा– बाटै यस्तै छ सर मैले उफार्ने होइन भनेर उत्तर दियो र आफूलाइ बचाउन बेलाबेलामा सरकारलाई गाली गरिरहेको थियो ।

‘ऐऽयाऽ ! मेरो त टाउकै फुट्यो कि क्या हो ?’ –कुरी पुग्नेबेलामा लागेको सबैभन्दा ठूलो झट्कामा एउटा यात्रु करायो र ड्राइवरलाई गाली समेत गर्यो । यसपटक ड्राइवर बोल्नु अगावै मोटरमा यात्रा गरिरहेको अर्को यात्रुले भन्यो– ‘के कराइ राख्या ? बाटै यस्तो देख्ता देख्तै ? देखिनस् बाटामा डोकाजत्रा ढुङ्गा ओछ्याएको ?’

अझ अर्कोले थप्योे– ‘यहाँ सत्र चोटी सिटको फलाममा ठोकिएर आफ्नो टुईंके खुस्किन आँट्ता त म चुपै लागेर बसेको छु ?’

‘मेरो त बस्न्यौटामा फोका पनि उठिसके नि’– अर्को झन के कम् ?
कुरीबाट पैदल उकालो लागेपछिको हा–हा, हो–हो मा भरखरसम्म मोटरमा पाएको सास्ति यात्रुहरूले बिर्सिएका थिए । ओरालो आउँदै गरेका तिर्थालुहरूले ल अब पुग्नै आँटियो है आत्तिनु पर्दैन, लेक लागेजस्तो लाग्यो वा सास फेर्न गाह्रो भएजस्तो लाग्यो भने, तपाईसँग छ भने कपुर सुङ्नुस् वा ग्लुकोज पानी खानुस् । त्यो पनि नभए पछि फकिएर दुई पाइला तल झर्नुस् र लामो–लामो सास फेर्नुस् अनि मुटुको धड्कन् ठाउँमा आएपछि फेरि बिस्तारै उकालो चढ्नुस्, लेकको उकालो बिस्तारै चढ्नुपर्छ हतार गर्नु हुँदैन भनेर दिएका सल्लाह र सुझावले ।

कालिन्चोक डाँडामा पुगेपछि छिनमै दुई हात पर पनि नदेखिने गरि लाग्ने कुहिरो र छिनमै कुहिराले छोडेर देखिने गौरीशङ्कर हिमालको दृश्य र लेकाली जङ्गलको हरियालीले त संसारै कता छोड्यो कता ? मोटरको दुःखले के पछ््याइ रहन्थ्यो र !

ड्राइवरले पुनः दिएको चेतावनीले बिहानको आलो पीडा सम्झाएको मात्र के थियो त्यसैबेला मोटरले दह्रोसँग पछा¥यो र एउटा यात्रुले कसैलाई इङ्गित नगरिकनै मुख छोड्यो– ‘राँडाका छोराहरु देशको बजेट सबै कप्लक्क खान्छन् अनि कहाँबाट होस् सडक राम्रो ? हेर त दिनमा चारपाँच सय मानिसले यात्रा गर्ने सडकको हबिगत ।’

‘हुन त हो, यस बाटोलाई राम्रोसँग बनाउने हो र कुरीलाई अलि व्यवस्थित गर्ने हो भने त यसै आन्तरिक पर्यटकको त घुइँचो लागेकै छ कालिन्चोक भगवतीको प्रतापले, विदेशी पर्यटक पनि तान्न सकिने रहेछ नि गाँठे गौरीशङकर हिमालको लोभ देखाएर’– अर्काले मुख मिठ्याउँदै समर्थन पनि गरिहाल्यो ।

‘दिनमा चार–पाँच सय जनाको उपचार गरिरहेको हाम्रो सडक र सरकारलाई गाली नगर्नुस् न सर, बरु काठमाडौंका रोगीहरूलाई पनि यतै पठाई दिनुस्, तिनीहरूको पनि कालिन्चोक आउँने–जाने एउटै खर्चमा उपचार हुन्छ’– ड्राइवरले ठट्टा ग¥यो ।

ड्राइवरको कुराले आश्चर्यमा परेको यात्रुले भन्यो– ‘के भन्छ यो भाइ ? के रोग निको हुन्छ यो बाटोमा ।’

‘पायल्स रोग नि, सर’ उसले हाँस्तै उत्तर दियो र थप्यो– ‘डोकाजत्रा ढुङ्गा बिछ्याएको बाटोमा काठको सिट राखेर हाम्रा गाडीमा यात्रु चढाउँने अनि चरिकोटदेखि कुरीसम्म र कुरीदेखि चरिकोटसम्म थचारेपछि बाहिर निस्किएको पायल्स पनि फेरि ननिस्कने गरि भित्र पस्छ, डाक्टरै चाहिँदैन, अनि यस्तो दूरदर्शी र जनउत्तरदायी सरकारलाई पनि गाली गर्न मिल्छ र ?’

जुरोपानी–४, झापा
हाल : काठमाडांै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x