जीवन ‘पीडित’ दाहालसरकारी उपचार
कुरीबाट चरिकोटका लागि हिँडेको मोटर पुनः उबडखावड बाटोमा आइपुगेपछि ‘अब राम्रोसँग समातेर बस्नु होला है सर, नत्र त फेरि टुईंके खुस्किन बेर छैन’ भन्दै ड्राइवरले यात्रुहरूलाई सचेत गरायो र चरिकोटबाट कुरीतर्फ आउँदाको सास्ती सम्झाउन थाल्यो ।
चरिकोटबाट कालिन्चोक जाने उकालो लागेपछि टाटाको पिकअप भ्यानले कतिपटक उचाल्यो र कति पटक पछा¥यो गनेर साध्य भएन र ऐऽयाऽ ऐऽयाऽ नगर्ने यात्रु भएनन् ।
बेला–बेलामा ड्राइवरलाई अलि बिस्तारो चलाऊ न भाइ भनेर अनुरोध गरिरहेका थिए । प्रत्युतरमा– बाटै यस्तै छ सर मैले उफार्ने होइन भनेर उत्तर दियो र आफूलाइ बचाउन बेलाबेलामा सरकारलाई गाली गरिरहेको थियो ।
‘ऐऽयाऽ ! मेरो त टाउकै फुट्यो कि क्या हो ?’ –कुरी पुग्नेबेलामा लागेको सबैभन्दा ठूलो झट्कामा एउटा यात्रु करायो र ड्राइवरलाई गाली समेत गर्यो । यसपटक ड्राइवर बोल्नु अगावै मोटरमा यात्रा गरिरहेको अर्को यात्रुले भन्यो– ‘के कराइ राख्या ? बाटै यस्तो देख्ता देख्तै ? देखिनस् बाटामा डोकाजत्रा ढुङ्गा ओछ्याएको ?’
अझ अर्कोले थप्योे– ‘यहाँ सत्र चोटी सिटको फलाममा ठोकिएर आफ्नो टुईंके खुस्किन आँट्ता त म चुपै लागेर बसेको छु ?’
‘मेरो त बस्न्यौटामा फोका पनि उठिसके नि’– अर्को झन के कम् ?
कुरीबाट पैदल उकालो लागेपछिको हा–हा, हो–हो मा भरखरसम्म मोटरमा पाएको सास्ति यात्रुहरूले बिर्सिएका थिए । ओरालो आउँदै गरेका तिर्थालुहरूले ल अब पुग्नै आँटियो है आत्तिनु पर्दैन, लेक लागेजस्तो लाग्यो वा सास फेर्न गाह्रो भएजस्तो लाग्यो भने, तपाईसँग छ भने कपुर सुङ्नुस् वा ग्लुकोज पानी खानुस् । त्यो पनि नभए पछि फकिएर दुई पाइला तल झर्नुस् र लामो–लामो सास फेर्नुस् अनि मुटुको धड्कन् ठाउँमा आएपछि फेरि बिस्तारै उकालो चढ्नुस्, लेकको उकालो बिस्तारै चढ्नुपर्छ हतार गर्नु हुँदैन भनेर दिएका सल्लाह र सुझावले ।
कालिन्चोक डाँडामा पुगेपछि छिनमै दुई हात पर पनि नदेखिने गरि लाग्ने कुहिरो र छिनमै कुहिराले छोडेर देखिने गौरीशङ्कर हिमालको दृश्य र लेकाली जङ्गलको हरियालीले त संसारै कता छोड्यो कता ? मोटरको दुःखले के पछ््याइ रहन्थ्यो र !
ड्राइवरले पुनः दिएको चेतावनीले बिहानको आलो पीडा सम्झाएको मात्र के थियो त्यसैबेला मोटरले दह्रोसँग पछा¥यो र एउटा यात्रुले कसैलाई इङ्गित नगरिकनै मुख छोड्यो– ‘राँडाका छोराहरु देशको बजेट सबै कप्लक्क खान्छन् अनि कहाँबाट होस् सडक राम्रो ? हेर त दिनमा चारपाँच सय मानिसले यात्रा गर्ने सडकको हबिगत ।’
‘हुन त हो, यस बाटोलाई राम्रोसँग बनाउने हो र कुरीलाई अलि व्यवस्थित गर्ने हो भने त यसै आन्तरिक पर्यटकको त घुइँचो लागेकै छ कालिन्चोक भगवतीको प्रतापले, विदेशी पर्यटक पनि तान्न सकिने रहेछ नि गाँठे गौरीशङकर हिमालको लोभ देखाएर’– अर्काले मुख मिठ्याउँदै समर्थन पनि गरिहाल्यो ।
‘दिनमा चार–पाँच सय जनाको उपचार गरिरहेको हाम्रो सडक र सरकारलाई गाली नगर्नुस् न सर, बरु काठमाडौंका रोगीहरूलाई पनि यतै पठाई दिनुस्, तिनीहरूको पनि कालिन्चोक आउँने–जाने एउटै खर्चमा उपचार हुन्छ’– ड्राइवरले ठट्टा ग¥यो ।
ड्राइवरको कुराले आश्चर्यमा परेको यात्रुले भन्यो– ‘के भन्छ यो भाइ ? के रोग निको हुन्छ यो बाटोमा ।’
‘पायल्स रोग नि, सर’ उसले हाँस्तै उत्तर दियो र थप्यो– ‘डोकाजत्रा ढुङ्गा बिछ्याएको बाटोमा काठको सिट राखेर हाम्रा गाडीमा यात्रु चढाउँने अनि चरिकोटदेखि कुरीसम्म र कुरीदेखि चरिकोटसम्म थचारेपछि बाहिर निस्किएको पायल्स पनि फेरि ननिस्कने गरि भित्र पस्छ, डाक्टरै चाहिँदैन, अनि यस्तो दूरदर्शी र जनउत्तरदायी सरकारलाई पनि गाली गर्न मिल्छ र ?’
जुरोपानी–४, झापा
हाल : काठमाडांै
Subscribe
Login
0 Comments
Oldest








































