साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाइते राष्ट्र

Nepal Telecom ad

भई बाङ्गो सुस्ता सरि करङ बायाँ करतिर
थियो कालापानी सरि उछिटिँदो कञ्चटनिर ।
नदी झैं देखिन्छन् सबतिर निला डाम तनमा ।
भए होला कस्तो सकस बिचराको हृदयमा !

छ पल्टेको यौटा शरिर न कुनै वस्त्र तनमा
पर्यो चिन्नै गाह्रो मृत–जिवित एकान्त वनमा ।
मुटू चल्दै गथ्र्यो गति अतिव धीमा ढुकढुक
खुल्यो को ह्वौ भन्दा स्वर मधुर — ‘नेपाल मुलुक ।’

म हुँ तिम्रै प्यारो—‘मुलुक यसरी खाडिन पुगेँ
गर्यौ साह्रै हेला नजिक नबनी टाढिन पुगेँ ।
बनायौ खोटो मोहर सरि यसै छाडिन पुगेँ ।
बनी टुक्राटुक्रा किन म यसरी बाँडिन पुगेँ ?

नमर्दै खाल्डोमा किन विवश भै गाडिन पुगेँ ?
डुबाएको पानीविच मृतक झैं ढाडिन पुगेँ ?
कुनै गल्ती छैनन् तर म अति नै ताडिन पुगेँ
हितैषी भन्नेका कुटिल विधिले मारिन पुगेँ ।

म मर्दैछू तिम्रो परिचय कहाँ जान्छ म मरे ?
भनौला नेपाली अनि सगरमाथा पर सरे
म लुम्बीनीवासी कुन दिन भनौला निडर भै ?
बचाओ अस्तित्व स्मरण गर नामेट नहुँदै ।’

“बचाऔं लौ चाँडै अब समयमै भारत लगी
अवस्था यो देख्दा पनि किन भयौ मौन र सँगी ?”
सुनी यस्तो चर्चा व्यथित अति नै विह्वल हुँदै ।
‘नलैजाओ दिल्ली ब्ररु म मरुला’ भन्दछ रुँदै ।

बम्घा ८, गुल्मी

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x