साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिर्सने बानीको उपचार

Nepal Telecom ad

खप्परध्वजको बिर्सनैबानीले श्रीमतीलाई हैरान बनाएको थियो । यहाँसम्म कि बेडरुममा श्रीमतीसँग एकदिन भन्यो – मैले आजसम्म परस्त्रीसँग यसरी बसेकै छैन, जान्छु ल ।

हैरान भएपछि श्रीमतीले लगिन् खप्परध्वजलाई एउटा स्मरण शक्ति बढाउनै क्लिनिकमा । लामो उपचारपछि डाक्टरले भनेः जानोस् अब ठिक हृन्छ ।

घर फर्किएपछि मैले सोधेँः यार खप्पर, कस्तो रह्यो त तेरो स्मरण शक्ति बढाउन अस्पतालको उपचार ।
खप्पर– एकदम राम्रो, नयाँ मनौवैज्ञानिक विधि, श्रब्यदृश्य सबेै प्रविधिबाट उपचार गर्यो । अस्पताल पनि राम्रो, डाक्टरहरू पनि सहयोगी । एकहप्ता बसेँ, अहिले त त्यो क्लिनिक त आफ्नै घरजस्तो लाग्छ ।
म– म पनि एक पटक जानु पर्यो, क्लिनिकको नाम के रे ।
(खप्पर ट्वाल्ल पर्छ)
खप्पर– त्यो के भन्छ नि, के रे त्यो त्यो, आकाशमा हुन्छ नि राती आउने के रे ?
म– चन्द्रमा ?
खप्पर– अँ अँ, त्यही ।
(श्रीमतीतिर फर्किएर, चन्द्रमातिर सङ्केत गर्दैै) साँच्ची त्यसकौ नाम के रे बुढी ?
(हैरान । फेरि तुरुन्त डाक्टरलाई फोन लगाउँछे)
श्रीमती– हैन, के हो डाक्टरसा’ब, मेरो श्रीमानको बिसर्ने बानी त झन झन बढ्यो नि । उपचार नै राम्रो गर्नुभएनछ ??
डाक्टर– (आकाशतिर हेरेर केही सम्झँदै) उपचार,… को हो त्यो उपचार भनेको ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x