साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुराधागो पठाई दिनुस् !!

Nepal Telecom ad

कार्यकाल बित्यो साल सरकारलाई बधाई दिनुस्
जागेदेखि केहि गथ्र्यो लौन हजुर जगाई दिनुस्

हिजडाको मन्त्रिमण्डल गठन गर्यो सरकारले
सोह्र शृङ्गार पठाई दिनुस् चुराधागो पठाई दिनुस् !!

तपाईका सन्तान पनि सरकारमा पुग्छन् भोलि
औँठाछाप नबनाउनुस् पढाई दिनुस् लेखाइदिनुस् !!

भूगोलको नक्साभित्र नभेटिएला भोलि नेपाल ?
घरघरबाट एउटा छोरा सिमानामा खटाइदिनुस् !!

देशबाट यो गरिबी हटाउने नै भए सरकार
दया गरी गाउँलेका झुप्राहरू जलाई दिनुस् !!

उर्लाबारी, मोरङ
हाल– साउदी अरब

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x