साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहस्य

Nepal Telecom ad

तिम्रो मुस्कानको मिसकल
वास्तविक हो कि व्यापारिक ?
साहुनी मैले ठम्याउनै सकिनँ ।

चुनावका बेला
नेताजीको मुस्कान पनि
ठीक तिम्रो जस्तै लाग्थ्यो ।

असार याममा
मुखिया बाको मुस्कान पनि
यसरी नै फक्रिन्थ्यो
सयपत्री फक्रिए जस्तो
र अलप हुन्थ्यो भकारीमा पसेर
प्रत्येक मङ्सिरमा ।

काठमान्डूबाट कर्णाली पसेर
यसरी नै मुस्कुराउथे
भिमकाय बैदेशिक रोजगारका शिसमहलहरू ।

यसरी नै खुल्थे
निस्चल आकाश खुले जस्तै
एनजिओ आइएनजिओका सङ्ला छाती ।

साहुनी,
संसदमा छलफल हुने गर्छ रे
देशका लागि ।
जसरी मेरो मेटिङ हुने गर्छ
कुटो र कोदालो सँग ।
जसरी मेरो सम्वाद हुने गर्छ
गैैँती र बेल्ची सँग ।
जसरी मेरो वहस हुने गर्छ
हलो र हँसिया सँग ।
एक थान जिन्दगी र एक गाँस फापर सँग ।

साहुनी
सन्देह लाग्छ
“कही संसदको त्यो बहस पनि
तिम्रो मुस्कान जस्तै रहस्यमय त छैन ?”

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x