सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रहस्य

Nepal Telecom ad

तिम्रो मुस्कानको मिसकल
वास्तविक हो कि व्यापारिक ?
साहुनी मैले ठम्याउनै सकिनँ ।

चुनावका बेला
नेताजीको मुस्कान पनि
ठीक तिम्रो जस्तै लाग्थ्यो ।

असार याममा
मुखिया बाको मुस्कान पनि
यसरी नै फक्रिन्थ्यो
सयपत्री फक्रिए जस्तो
र अलप हुन्थ्यो भकारीमा पसेर
प्रत्येक मङ्सिरमा ।

काठमान्डूबाट कर्णाली पसेर
यसरी नै मुस्कुराउथे
भिमकाय बैदेशिक रोजगारका शिसमहलहरू ।

यसरी नै खुल्थे
निस्चल आकाश खुले जस्तै
एनजिओ आइएनजिओका सङ्ला छाती ।

साहुनी,
संसदमा छलफल हुने गर्छ रे
देशका लागि ।
जसरी मेरो मेटिङ हुने गर्छ
कुटो र कोदालो सँग ।
जसरी मेरो सम्वाद हुने गर्छ
गैैँती र बेल्ची सँग ।
जसरी मेरो वहस हुने गर्छ
हलो र हँसिया सँग ।
एक थान जिन्दगी र एक गाँस फापर सँग ।

साहुनी
सन्देह लाग्छ
“कही संसदको त्यो बहस पनि
तिम्रो मुस्कान जस्तै रहस्यमय त छैन ?”

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल