साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोकान

Nepal Telecom ad

हाँगा पात र जरा बिना फुल्नेहरूको भलो हुँदैन
आफ्नो इतिहास बिर्सिएर
डुल्नेहरूको भलो हुँदैन
ती डाँडापाखा पखेरीमा जन्मेर खेलेर हुर्केर
राजधानी छिरेपछि, मोफसल भुल्नेहरूको भलो हुँदैन ।
–युवराज लामिछाने ‘प्रदिप’

000

घर हुनेछ अनि खेतबारी हुनेछ
हामी दुवैबीच आपसी समझदारी हुनेछ
मेरो हात माग्न त्यही दिन आउनु प्रिय
जुन दिन तिम्रो जागिर सरकारी हुनेछ !
–कविता जोशी

000

महत्वाकाङ्क्षी भई मित्रले गाउँनै फेरेछ
केही धन कमाएपछि ठाउँ नै फेरेछ
सुने ! हाँ, हुँ गरी हिँड्छ रे नयाँ वस्तीमा
घमण्डले पछारिँदा अचेल नाउँनै फेरेछ ।
– सुनिता राई सुब्बा

000

बन्दूक छ छातीमा, र त म लड्दै छु
तर्वार छ घाँटीमा, र त म लड्दै छु
रोग छ भोक छ, के छैन सब थोक छ
मुलुक छ पाटीमा, र त म लड्दै छु !
– श्रृजन श्री

000

आफैं गाउँछन हजुर आफै नाच्छन् साकिरा हुन्
जति कन्यायो उति चिलाउने लुतोको खटिरा हुन्
भित्र भित्रै सिध्याए देश केही रहेन खोक्रो बनाए
कसम हजुर कसम हाम्रा देशका नेता धमिरा हुन् ।
–युवराज बस्नेत ‘वन्दी’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x