साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्कुच्चा

Nepal Telecom ad

मेरी आमासँग
कुर्कुच्चा मात्रै छन् चर्चरी चिरिएका
प्रिय कमरेड !
जुत्ता हान्ने खतरा छैन
जाऊँ, हाम्रो किरेडाँडातिर ।
म काठमाडौं हिंडेपछि
सुन्छु– आत्तिनुभएको छ आमा
बुढेसकालमा एक्लै हुँदा
दुःखी हुनुभए होला
दुःखी हुँदा मुख छोपेर रुनुहुन्थ्यो आमा
मैले घरतिर फर्केर नचिहाउँदा
रिसाउनु पो भयो कि !
आमा रिसाउँदा
दाह्रा किटेर भन्नुहुन्थ्यो–
‘लात्तीले मुखमा टेक्छु !’
यसपालि घर जाँदै छु म
यो जाडोमा
भुट्नुहुनेछ आमाले मकैभट्ट
र थपिदिनुहुनेछ गिलासभरि मही
म जाँदा
पक्कै खुसी हुनुहुनेछ आमा
छेउमै बसेर सुनाउनुहुनेछ
कसकसले साँध मिचे ?
को को झगडा गर्न आए ?
घरमाथि कसले बर्साए ढुंगामुढा ?
पर्दैैन पत्रकार सम्मेलन गर्न
चाहिंदैन कुनै प्रवक्ता
आमा आफैले
सबै बेलिबिस्तार लगाउनुहुनेछ ।
मेरी आमासँग
दुई हात छन् ठेला उठेका
र कुर्कुच्चा मात्रै छन् चर्चरी चिरिएका
प्रिय कमरेड !
जुत्ता हान्ने खतरा छैन
जाऊँ हाम्रो किरेडाँडातिर
यसपाली म पनि जाँदैछु
आउनुहोस्,
जाऊँ, हाम्रो किरेडाँडातिर !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोला

झोला

सङ्गीत स्रोता
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x