साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मदन र जगदम्बाश्री पुरस्कार घोषणा

Nepal Telecom ad

मदन पुरस्कार गुठीले २०७० सालको मदन पुरस्कार ‘खलङ्गामा हमला एउटी नर्सको डायरी’ नामक कृतिका लागि राधा पौडेललाई दिने निर्णय गरेको छ । त्यसै गरी यस सालको जगदम्बाश्री पुरस्कार साहित्यिक पत्रकार अन्वेषक शिव रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको गुठीको साधारणसभाले रेग्मी र पौडेललाई सो पुरस्कारहरु दिने निर्णय गरेको हो । जनही दुई लाख रुपियाँका यी पुरस्कारहरू आउँदो नौरथाका दिन प्रदान गरिने गुठीले जनाएको छ । नेपाली साहित्यिक पत्रिकाको गम्भीर अन्वेषण, पत्रपत्रिकाको विशिष्ट सङ्कलन, तिनको समीक्षा, समालोचना तथा लेखन गरी नेपाली भाषाको सेवा गरेवापत रेग्मीलाई जगदम्बाश्री पुरस्कार प्रदान गर्न लागिएको मदन पुरस्कार गुठीले जनाएको छ ।

विक्रम सम्वत २०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको यस गुठीले २०४५ सालमा उहाँको निधनपछि उहाँको सम्झनामा जगदम्बाश्री पुरस्कारको स्थापना गरेको हो ।

जगदम्बाश्री पुरस्कारको घोषणापछि शिव रेग्मीले बताउनुभयो मैले अनुमानै नगरेको कुरो अप्रत्यासित रुपमा पुरस्कार पाएको सुन्दा राम्रै लागेको छ । दिनभर घरमा बसेर लेखियो, खोजियो मेरो यही नै दिनचर्चा छ । सबैको सद्भाव र शुभेच्छा पाएको छु सन्तोष यसैमा छ ।

प्रस्तुतिः अरुणबहादुर खत्री ‘नदी’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x