टिपनटापनचार खोक्तक
कस्तो गुलिओ
जनताको सपना
सत्ताको स्वाद ।
–विमल गिरी
भोजपुर
कैले यताबाट दिन्छन् कैले उताबाट दिन्छन्
दिनेले जति दिन्छन् हात पसारी लिन्छन्
मलाई त साँच्चै गहिरो चिन्ता छ हजुर
यस्तै गरीगरी यो दिव्यभूमि दाताले नै छिन्छन् ।
– छवि ज्ञवाली
भैरहवा, रूपन्देही
लेख्दा समाचार दलको पुच्छर नसमात्नुमा सर्वोत्कृष्ठ स्वाद छ
त्यसमा साहित्यको सुललित मिश्रण गर्दा सुगन्धको स्वाद छ
सद्बुद्धिसाथ यस्तो प्रेरणा र उर्जा दिने सरस्वती माता सहित
ग्राहकवर्ग, विज्ञापन दाता, शुभेच्छुकमा हार्दिक धन्यवाद छ ।
– नवराज पहाडी
लमजुङ
लाइन खाने घुमाउरो छ कि यित्रको काम
आयोगले हेर्नुपर्छ विजुली प्रशासनको काम
लोडसेडिङ मुक्त जिल्लामा कस्तो छ असर
पटक पटक लाइन जाँदा कस्तो गर्छन् काम ?
– बोजबहादुर थापा
लमजुङ
Subscribe
Login
0 Comments
Oldest






































