साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी बाँदरका सन्तान

Nepal Telecom ad

जाँगर न साँगर,
खाने बेलामा आँगर,
हामी किन यस्तो अल्छि ?
किनकी हाम्रो पुर्खै बाँदर ।

हामीलाई अर्काको मीठो लाग्छ,
चोरेर, मागेर खान छिटो लाग्छ ।
आफूले त केही गर्न जान्या भए पो,
त्यही भएर बाँदरे जिन्दगी नै सहि लाग्छ ।

कहिले बाउको दाढीमा झुण्डियो,
कहिले स्वास्नीको साडीमा झुण्डियो ।
जागीर त पाउन प¥यो नि मित्र,
दुनियाँ चहा¥यो घरतिर मुन्टियो ।

हेर, न लाज नभएर जहाँ पायो त्यही कन्याइदिएका,
त्यही भएर त भगवानले पनि, बाँदरको रुप बनाइदिएका ।
हिजो पनि सडकमा, बन्द, जुलुस चक्काजाम रे,
गुरुले नै पढाएका, हामी त बाँदरका सन्तान रे ।

के हामी बाँदरका सन्तान ? प्रश्न आइहाल्छ,
आफ्नो अनुहार ऐनामा हेर्नुस् न थाहा भइहाल्छ ।
काम आफू पनि गर्दैन, अरुलाई नि गर्न दिँदैन,
चोरेर खान्थ्यो होला, चोर्ने पनि ढङ्ग छैन ।
बिना काम फोहोरी बन्यो, बस्यो आफ्नै परिवेशमा
जनसङ्ख्या त्यसै बढ्या छ र यो देशमा ?

अब हामी पनि नयाँ टेक्नीक थाल्ने,
रुख चढ्ने, टुप्पामा बसी फेद ढाल्ने ।
सहकार्य गरी कोही अघि बढ्छ भने
टुप्पामा पु¥याउने भीरबाट खसाल्ने ।

नेताले त्यसै देश बिगा¥यो हो र ?
विकास र शान्तिलाई भगाएछन् के छ र ?
सोचौँ र खोजौँ त संविधान कहाँ छ ?
बाँदरको हातमा नरिवल झैँ भा’छ

दिनभरि सडकमा धुलो उडायो,
रातभरि भट्टीमा धुवाँ उडायो ।
केही थाहा छैन, घरमा नुन सिध्याछ,
हामीलाई बोतल लडाउनै बित्या छ ।

भित्री आवरण जति सिँगार्छौँ,
बाहिरि आवरण त्यति नै बिगार्छौँ ।
नेपाल सुन्दर, विश्व सुन्दरी, क्या छ मान्छेको चोला,
सुन्दरीको अर्थ त तपाईलाई पनि थाहा होला ।
न टेक्न हुन्छ न हान्न हुन्छ, कस्तो यो घाँडो यार,
बाँदरको पुच्छर लौरो न हतियार ।

बजारमा पनि जे पायो त्यही चपाउँदै हिँड्याछ
चिलाको ठाउँमा कन्याउँदै हिँड्याछ ।
हामी बाँदरका सन्तान बाँदरै त हो नि,
मात्र एउटा पुच्छर नभा त हो नी ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x