साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘सलादजस्तो संविधान’ लोकार्पण

Nepal Telecom ad

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शनिबार राजधानीको भृकुटीमण्डपमा बृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रा महोत्सवको दोस्रो दिन कवि देवी नेपालको कवितासङ्ग्रह सलादजस्तो देशको विमोचन गर्नुभयो ।

पुस्तक विमोचन गर्दै अध्यक्ष नेम्वाङले भने जसरी सलादमा काँक्रो, गाजर, मुला र प्याज सबैको अस्तित्व हुन्छ त्यसैगरी विविध जाति, भाषा र संस्कृतिका नेपालीको साझा दस्तावेजको रुपमा संविधान बनाउने हामी कोशिस गरिरहेका छौँ । उनले नयाँ संविधान कुनै एक जाति, एक भाषा वा एक दलको नभई सबैको हुने बताउनु भयो ।

कार्यक्रममा विमोचित कृति सलादजस्तो देशको बारेमा रामप्रसाद ज्ञवाली र नवराज लम्सालले टिप्पणी गर्नुभएको थियो । बसिबियाँलोले आयोजना गरेको यो कार्यक्रमको संयोजन अनिल पौडेलद्वारा गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. गङ्गाप्रसाद उप्रेती, साहित्यकार कमलमणि दीक्षित, मोदनाथ प्रश्रित, प्रा.डा. वासुदेव त्रिपाठी, प्रदीप ज्ञवाली, प्रा. राजेन्द्र सुवेदी, डा. रामप्रसाद ज्ञवाली लगायतको उपस्थिति थियो ।
जनगायक रामकृष्ण दुवाल, जय गौडेल, रञ्जना पौडेल, सुदेश सत्याल, केशव भट्टराई र अनुज्ञा एम् प्रविज्ञाले कृतिमा समाविष्ट कविताहरूको जीवन्त वाचन गर्नुभएको थियो । निम्तोलाई स्वीकार गरेर कार्यक्रममा सहभागी सबैलाई स्रष्टा देवी नेपालले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । हेम भण्डारीद्वारा कार्यक्रमको सञ्चालन गरिको थियो ।

प्रस्तुतिः अरुणबहादुर खत्री ‘नदी’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x