साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुख्याँचा

Nepal Telecom ad

जवानीको दुश्मन आफ्नै छाती भएपछि
किन हिँड्नु अँध्यारोमा राती भएपछि !!

घाउ हुँदा मल्हम दल्ने यिनै मान्छेहरू
कोट्याउँछन् उही घाऊ जाती भएपछि !!

तपाईं नै भनी दिनुस् सत्रु हुन् या मित्रु
प्रगतिमा डाहा गर्ने साथी भएपछि !!

कसरी म विश्वास गरौँ परायाको यहाँ
आफन्त नै मेरो निम्ति घाती भएपछि !!

उर्लाबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x