साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बस्ती जलिरहेछ

Nepal Telecom ad

उच निच र छुत अछुतको
गहिरो भेदभाव चलीरहेकै छ
धेरै मान्छे सम्पन्न भएछन्
तर बस्ति जलिरहेकै छ
हलो जोत्ने हली दाइको
पेट त अझै खालि नै रहेछ
गाउँ घरमा त अझै पनि
ढिकी जाँतो नै चलिरहेछ
गाउँ घरमा नयाँ पहिरन आयो भनेर
जता ततै हल्ला नै हल्ला छ
आफ्नै मात्र पहिरन फेरियो
बस्ति पुरानै पहिरनमा जलिरहेछ
यहाँ त सिर्फ नाम लिइन्छ अनि
सोखको लागि गुन्द्रुक र ढिंडो खाइन्छ
तर बस्ति भित्र पसेर हेर त
गुन्द्रुक–ढिंडो नै मान्छेको जीवन छ
भोकको पीडा खप्न नसकी
नानीहरूको पेटमा ज्वाला बलिरहेछ
आँखा खोलेर हेर त एकपटक
बस्ति त ह्वार ह्वार जलिरहे छ ।

हाल– जर्मनी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नक्कली संसार

नक्कली संसार

लिलाराज कार्की
चन्दा

चन्दा

लिलाराज कार्की
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x