सुलसुलेकवि न्यौपानेको कवितासङ्ग्रह विमोचन
कवि भोजराज न्यौपानेको कविता कृति ‘छुटेको जुत्ता’ गत शनिबार राजधानीमा विमोचन गरिएको छ । काव्य प्रतिष्ठान नेपाल र मधुवन साहित्यिक प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सङ्गीत–नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, पत्रकारद्वय किशोर नेपाल एवं विष्णु निष्ठुरी र कवि तीर्थ श्रेष्ठले कृति विमोचन गरे ।
कुनै पत्रमार्फत कथात्मक रुपमा कविता लेख्न सक्ने न्यौपानेको शैलीको वक्ताहरूले तारिफ गरे । कवि तीर्थ श्रेष्ठले हृदयको कुनाबाट निस्केका कविता जीवन्त हुने चर्चा गर्दै भोजराजका कविता स्तरीय भएको टिप्पणी गरे । भोजराजजी हामी सबैलाई उछिन्न खोज्दैछन् उनले भने– उनले छिटो पाइला चालेको हेर्न चाहन्छु । कुलपति सरुभक्त, उपकुलपति घिमिरे र पत्रकारहरू नेपाल एवं निष्ठुरीले अझै परिष्कृत लेखनका लागि न्यौपानेलाई शुभकामना दिए ।
न्यौपानेले आफ्ना कविताहरूमा द्वन्द्वका कथा व्यथा समेटिनुका साथै गणतन्त्रको वकालत गरेको विचार कवि आरएम डंगोलले राखे । कवितामा द्वन्द्वबाट आहत मानसिकताको सुन्दर चित्रण गरिएको छ डंगोलले भने सरल भाषामा कविले आफू बाँचेको समाजको चित्र कोरेका छन् ।
प्रस्तुतिः अरुणबहादुर खत्री “नदी”
Subscribe
Login
0 Comments
Oldest











































