साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दसैँ

Nepal Telecom ad

लाहुरबाट सूट, टाई र लाली बोकेर दसैं आयो
कसै कसैका गाला चड्काउँदै ताली ठोकेर दसैं आयो
जुवा र तासमा पैसा पेल्दै आयो
आवश्यकता र साधनबीच चाकाचुली खेल्दै आयो
जुल्फी फर्काएर आयो
डाँडै थर्काएर आयो
टीका टाँसेर आयो
फिक्का हाँसेर आयो
तिहारसम्म खेताला भन्न आयो
घर–घरका खसि गन्न आयो
पिङ खेल्दै आयो
चिउरा केरा खायो
गल्ली–गल्ली आयो
हल्ली–हल्ली आयो
मुख उघार्दै आयो
मुख बिगार्दै आयो
मासु खाँदै आयो
आँसु खाँदै आयो
तमसुक लेखेर आयो
चिनी बोकेर आयो
आन्द्राले सारङ्गी रेट्यो
हाँडीले आगो भेट्यो
गरिबको भुँडी छल्कियो
झुप्रामा ऋण पल्कियो
गयो,
बेपत्ता भयो
एकवर्षलाई हरायो
गरिबको भुँडी करायो
डरले औधी थर्थरायो
साहुका घरमा तमसुकको झण्डा फर्फरायो
सकियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x