सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गजल वाचनमा रमाए पोखरेली

Nepal Telecom ad

पोखरा ४ असोज/पोखरामा शनिबार गजल भन्ने र सुन्नेहरुलाई एउटा अवशर बन्यो । पोखरा उद्योग वाणिज्य संघमा गजलप्रेमीहरु भेला भए र सुरु भयो गजलको मेहफिल । पोखरा हटलाइन राष्ट्रिय दैनिकको सहकार्यमा गजल सन्ध्या पोखराले मोति जयन्तीको सन्दर्भमा आयोजना गरेको गजल विशेष कार्यक्रमले पोखराका गजलप्रेमीहरुलाई पूर्ण रुपमा मनोरञ्जन दियो ।

पोखरा, काठमाडौं र तनहुँका गरी जम्मा १५ जना गजलकारहरुलाई सन्ध्याले विशेष गजल वाचनमा उभ्याएको थियो । विशेष पोखरा र तनहुँदेखि गजल सुन्नका लागि पारखीहरु उपस्थित थिए । नेपाली गजल लेखनमा लागेका नयाँ तथा पुराना गजलकारहरुले पृथक र नयाँ स्वाद दिन सफल भएका थिए ।
माया, प्रेम र परम्परागत गजल लेखनमा मात्र सिमित नरहेर समसामयिक र मानविय संवेदनाका विषयमा लेखिएका गजललाई उनीहरुले प्रस्तुत गरेका थिए । नेपाली गजलका अलगअलग स्वाद पोखरेलीले लिएका छन् । नेपाली गजलले प्राय नयाँ तथा युवा पुस्ताको मन जितेका कारण गजल वाचन गर्ने गजलकार पनि अधिकांश युवा नै थिए ।

पोखराकी गजलकार हरिमाया पराजुलीवाट सुरु भएको विशेष गजल वाचन नेपालमै विशेष प्रणय गजलमा ख्याती कमाएका गजलकार प्रकट पगेनी शिव सम्म पुगेर सकिएको थियो । करिव डेढ घण्टा मात्र चलेको गजल वाचनमा सहभागी दर्शकलाई समय सकिएको पत्तै भएन् । एक गजलकारले ३ देखि ४ वटा सम्म गजल वाचन गरेका थिए । विशेष गजल वाचनमा पराजुलीसँगै, पत्थ्र्योदास प्रमिल, सावित्री गौतम, सुमन लम्साल, सरिता पौडेल, अमृत सुबेदी गुराँस, शरण आँसु, शितल गिरी, परिवर्तन, जनार्दन दाहाल, मन क्षेत्री, संगिता थापा रुपीन्द्र प्रभावी र सरस्वती श्रेष्ठ सरु र प्रकट पगेनी शिव थिए ।

गजलकारहरुले देशको अवस्थालाई ओकले । मानविय संवेदनालाई पोखे । माटो र देशको मायालाई दशार्य । टपक्क टिपेर बनाईएका मानविय संवेदनाका गजललाई प्रस्तुत गरे भने माया प्रेम र प्रणयका कुरालाई गजल मार्फत सुनाएका थिए । गजल सुन्न हलमा भरिएका दर्शकहरु कार्यक्रम नसकिँदा सम्म हलचल गरेनन् ।

गजलको उत्थान हाम्रो अभियान भन्ने मुल कथनका साथ स्थापनि भएर गजलको विकास र उन्नयनका लागि काम गर्दै आएको सन्ध्याले पोखराको उत्कृष्ठ कार्यक्रमको रुपमा सकिएको अध्यक्ष उदिपराज ढुंगानाले बताए । मोति जयन्तिको सन्र्दभमा भएको कार्यक्रमले गजल सुन्ने र मन पराउनेलाई अझ गजल तर्फ आकर्षित गर्न सफल भएको सन्ध्याले जनाएको छ । कुनैपनि साहित्यको विकास लागि संचाल माध्यमको भूमिका रहने बताउँदै गजल साहित्य र संचारलाई सँगसँगै लैजानका लागि हटलाइन दैनिकले सहकार्य गरेको प्रवन्ध निर्देशक उत्तम पौडेलले बताए । सन्ध्याका सल्लाहकार दीपक समिप र इश्वरमणी अधिकारीलाई गजलकारहरुलाई मायाको चिनो प्रदान गरेको कार्यक्रमको संचालन सचिव लक्ष्मण तिमिल्सिनाले गरेका थिए ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad