लक्ष्मण गाम्नागेलगन भो ! लगन भो !
सिलोके तयार ?
– तयार।
कल्स्यौली तयार ?
– तयार।
बाजा बजाउने तयार ?
– तयार।
शंखघन्ट तयार ?
– तयार।
बेहुला-बेहुली तयार ?
– तयार।
लगन भो ! लगन भो ! लगन भो !
लगन भएको घोषणा भएपछि पन्चैबाजा, शंख, घन्ट सबै एकैचोटि बज्थे। बन्दुक पड्किन्थे। सिलोक भनिन्थ्यो। यस्तो होहल्लापूर्ण र रमाइलो वातावरण हुन्थ्यो, बिहेको लगन हुने समयमा उहिले उहिले। अहिले यस्तो रमाइलो सडक भत्काउने बेलामा हुन्छ। ल सुन्नूस् !
सुरुमा सडक विभागले सडक बनाउँछ। दुई-चार वा आठ-दस वर्षपछि कालोपत्रे पनि गर्न सक्छ। के भनिन्छ भने सडक बनाउन छुट्याएको रकम मन्त्रालय, विभाग, शाखाका सम्बन्धितहरू हुँदै ठेकेदार, गुन्डा र डनसम्म छरिँदै छरिँदै आउँछ र बाँकी रहेको बजेटले बारीमा फापर छरेजस्तो सडकमा कालोपत्रे छरन्िछ। यसरी कालो छरेको केही दिनमै फेर िसडकमा भ्वाङ पार्नेहरूको हूल देखेपछि दर्शकहरू रसिाउँछन्। उनीहरूलाई लाग्छ, सरकारी निकायहरूबीच समन्वय नभएर यस्त्ाो भएको हो। कुरा त्यसो होइन। ती निकायहरू आ-आफ्नै महत्त्वपूर्ण काममा व्यस्त भएर त्यस्तो भएको हो। विद्युत् प्राधिकरण लोडसेडिङको सेड्युल प्रकाशन गर्नेलगायतका काममा व्यस्त हुन्छ। दूरसञ्चार निजी क्षेत्रले आच्छु आच्छु पारेको हुँदा सेवाको गुणस्तर सुधार गर्ने मिटिङ गर्न, सेवा अवरुद्ध हुने सूचना निकाल्न र प्रेस विज्ञप्ति जारी गर्नमा व्यस्त हुन्छ। खानेपानी लिमिटेडलाई पानी नबाँडे पनि महसुल उठाउनुपर्ने हैरानी छ। उपभोक्ताहरूको गाली र सराप खानु छ। यस्तो व्यस्तताका बाबजुद पनि यी संस्थाले समन्वय गरेरै काम गररिहेका छन्।
समन्वयको एउटा उदाहरण हेरौँ। झलक्क हेर्दा टिलिक्क भएको सडक देखेपछि माथि उल्लेखित विभिन्न निकायलाई असह्य हुन्छ र उनीहरू बैठक बस्छन्। बैठकमा सडक विभागका हाकिमले सोध्छन्, तपाईंहरू सबै तयार हुनुहुन्छ ?
सहभागीहरूले जोडले भन्छन्, तयार छौँ।
विद्युत्का हाकिमले सोध्छन्, पोल उखेल्ने, लडाउने, ट्रान्सर्फमर सार्ने ठेकेदार तयार ?
– तयार।
टेलिफोनका हाकिमले सोध्छन्, केबुल ओछ्याउन सडक भवाङ पार्ने ठेकेदार, कर्मच्ाारी, कामदार तयार ?
– तयार।
खानेपानीका हाकिमले सोध्छन्, मेलम्ची खानेपानीको पाइप बिछ्याउने ठेकेदार, कामदारहरू तयार ?
– तयार।
घरघरबाट निस्कने ढलका पाइप मूल सडकको बीचमा भएको मङ्गालमा छिराउन निवेदन दिने जनता तयार ?
– तयार।
यसरी राम्रो समन्वय र सल्लाह भएर सबै जना तयार भएको जानकारी प्राप्त भएपछि सडक विभागका हाकिमले भन्छन्, ल अब सबैले आ-आफ्नो इच्छा र आवश्यकता अनुसार सडक भत्काउन थाल्नूस्। लगन भो ! लगन भो ! लगन भो !
लगन हुनासाथ सडकमा गैती, फरुवा, ट्रयाक्टर, डोजर इत्यादिको कोलाहल सुरु हुन्छ। हेर्दाहेर्दै पिच सडकको बीचमै भ्वाङहरू देखा पर्छन्। सडक हिलो, धूलो, ढिस्को र आहालमा परण्िात हुन्छ।
हाम्रा सरकारी निकायहरूले यस्तो तन्मयका साथ समन्वय गरेर नयाँ नेपालको लगन जुराउने प्रयास गररिहेका छन्। धैर्य गरौँ, सडक भत्कियो भनेर नरसिाऔँ। नभत्काई बन्दैन, नबनाई भत्काउन पाइँदैन भन्ने कुरालाई आत्मसात् गरौँ। त्यसैले यो बनाउने र भत्काउने विकासको अनन्त प्रक्रियालाई सहर्ष स्वीकार गर्दै शान्त बसौँ। रसिाएर ब्लड प्रेसर नबढाऔँ। नयाँ नेपाल देख्नै नपाई गइएला।
Subscribe
Login
0 Comments
Oldest






































