साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘सागरको मोती’ विमोचित

Nepal Telecom ad

२०७१ असोज ४ गते शनिवारका दिन आरम्भ साहित्यिक मञ्च, मैतीदेवीको आयोजनामा गजलकार सागर सिलवालद्वारा रचित गजल सङ्ग्रह ‘सागरको मोती’ को विमोचन समारोह वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

आरम्भका अध्यक्ष प्रेम ओली ‘ढकलपुरे’ को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समालोचक डा. रामदयाल राकेशले विमोचित कृतिको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गामनागे, हास्यव्यङग्य स्रष्टा चट्याङ मास्टर, नियात्राकार पोष्टराज चापागाईं, साहित्यकार डा. डी.बी. क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

विमोचित कृतिका स्रष्टा हाल बेलायतमा बसोबास गर्नुहुन्छ भने नेपाल आएको अवसर पारेर कृतिको प्रकाशन तथा विमोचन गर्नुभएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x