साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशमात्रै निराश

Nepal Telecom ad

माननीय पनि बने
मन्त्री पनि भए
सभासद पनि भए
प्रधानमन्त्री नि बने
खालि देश मात्रै बनेन ।
शानदार नाम पनि राखियो
विधान र कार्यदिशा पनि पारित भयो
अधिवेशन–महाधिवेशन पनि सम्पन्न भयो
पार्टी नि एकढिक्का र सुदृढ भयो
खालि देश मात्रै कमजोर र विभाजित भयो ।
आयोग पनि बन्यो
कार्यदल पनि बन्यो
प्रतिवेदन पनि आयो
प्रशंसा पनि पायो
खालि कार्यान्वयन मात्रै भएन ।

सम्झौता पनि भयो
प्रतिबद्धता पनि आयो
घोषणा पनि गरियो
सञ्चार माध्यममा पनि छरियो
खालि सम्झना मात्रै गरिएन ।

बैठक पनि बस्यो
निार्र्णय पनि भयो
योजना पनि बनाइयो
जिम्मेवारी पनि तोकियो
खालि कर्तव्य मात्रै पालना गरिएन ।

पासपोर्ट पनि बन्यो
भिसा पनि लाग्यो
पैसा पनि कमायो
धनी पनि भयो
खालि देश मात्रै गरिब भयो ।

पास पनि भयो
बढुवा पनि पायो
कमिसन पनि खायो
हर्षोल्लास पनि मनायो
खालि देशमात्रै निराश रह्यो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x