साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्ध्याको ३४२ औँ शृङ्खला

Nepal Telecom ad

साहित्य सन्ध्याको ३४२ औँ कार्यक्रम असोज ४ गते शनिवार ‘शुभ कामना कविगोष्ठी’ तथा दृष्टि विहीन कवि गोमाकुमारी मैनालीको कविता सङ्ग्रह ‘सुन्दर सिर्जना’ लोकार्पण गरी सम्पन्न भयो ।

साहित्य सन्ध्याका कार्यवाहक अध्यक्ष रमेश पोखरेलको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्नसमारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्रदेव गिरी हुनु हुन्थ्यो ।

अतिथिका रूपमा प्राज्ञहरू नर्मदेश्वरी सत्याल, माधव प्रधान, सानु पहाडी, पूर्ण विराम, वरिष्ठ कविहरू कणाद महर्षि, डम्बर घिमिरे र अतृप्त पाण्डे तथा विमोचित कविता सङ्ग्रहकी स्रष्टा गोमाकुमारी मैनाली उपस्थित हुनु हुन्थ्यो ।

प्रा.डा.जीवेन्द्र देव गिरीले साहित्यसन्ध्या मार्फत सामाजिक रूपान्तरणको आन्दोलन र अभियान सञ्चालन गरि रहेको हुँदा यस संस्थामा धेरै स्रष्टा गाँसिन आएका र यसै संस्था मार्फत माथि पुगेका दृष्टान्त दिँदै लोकार्पित कृतिकी स्रष्टा आफू दृष्टि विहीन भएर पनि सिर्जनामा लाग्नु भएको बताउनु भयो ।

लोकार्पित कृतिका बारेमा चर्चा गर्दै प्राज्ञ नर्मदेश्वरी सत्यालले कविको पहिलो प्रयासका लागि धन्यवाद दिनु भयो । कृतिकार गोमाकुमारी मैनालीले अबका दिनमा साहित्य सिर्जनामा लागि रहने धारणा व्यक्त गर्नु भयो र कृतिबाट एउटा कविता वाचन गर्नु भयो ।

गोष्ठीमा प्रेम सिलवाल, पुण्य गौतम विश्वास, वैरागी जेठा, पूर्ण विराम, माधव प्रधान गीत प्रस्तुत गर्नु भयो । उर्मिला पन्त पाण्डेय, पुनाराम गिरी, डम्बर पहाडी, गोपाल नेपाल कणाद महर्षि, प्रिन्स प्रमोदकुमार ढकाल, अतृप्त पाण्डेय, गणेश घिमिरे मार्मिक, लीला विश्वकर्मा, डम्बर घिमिरे र रमेश पोखरेलले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नु भएको थियो । गोष्ठीको समापन गर्दै अध्यक्ष रमेश पोखरेलले सन्ध्यामा नियमित सहभागी भएर आफूलाई परिष्कार गर्न सकिने बताउँदै गोष्ठीको समापन गर्नु भयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x